धारापानीको राईखन्नेमा विप्लव नेतृत्वको नेकपा अर्घाखाँचीद्वारा जनश्रमदान सञ्चालन

धारापानीको  राईखन्नेमा विप्लव नेतृत्वको नेकपा अर्घाखाँचीद्वारा जनश्रमदान सञ्चालन


अनिल नेपाली  

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको  राईखन्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले जनश्रमदान सञ्चालन गरेको छ ।


नेकपा अर्घाखाँचीका जिल्ला सेक्रेटरी खेम घर्तीमगरसहितका नेता कार्यकर्ता धारापानीमा जनश्रमदानमा खटिएका हुन् । यस्तै उनिहरुले भुमिकास्थान नगरपालिकाका अन्य गाउँमा पनि जनश्रमदानमा खटिने भएका छन् ।

सेक्रेटरी घर्तीले जनश्रमदान गर्ने पार्टीको नीति अनुसार जनताको घरमा अहिले मकै खन्ने, कोभिड १९ को संक्रमण रोकथामका लागि जनचेतना अभियान चलाउने लगायतको काम गरिरहेको बताए । विप्लव नेतृत्व नेकपाका कार्यकर्ताहरु धारापानीको  राईखन्नेमा जनश्रमदान सञ्चालन गरिरहेका छन् । यो अभियान जेठ २८ गतेसम्म चल्ने सेक्रेटरी घर्तीले जानकारी दिए ।

अन्य समाचारहरु