सन्धिखर्क नगरपालिकाका विद्यालय प्रधानाध्यापक, कर्मचारीलाई लेखापालन सम्बन्धी तालिम सम्पन्न

सन्धिखर्क नगरपालिकाका विद्यालय प्रधानाध्यापक, कर्मचारीलाई लेखापालन सम्बन्धी तालिम सम्पन्न


प्रेम नारायण आचार्य 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा प्रधानाध्यापक तथा विद्यालय कर्मचारीका लागि लेखापालन सम्बन्धी तालिम आज सम्पन्न भएको छ । 


तालिमको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिकले उद्धाटन गर्नु भएको थियो ।


 तालिमको समारोहमा सन्धिखर्क नगरपालिकाका उप सचिव शिक्षा शाखा प्रमुख युगल नारायण बसेल, वडा अध्यक्ष इश्वरी भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतले मन्तब्य राख्नु भएको थियो । 


कार्यक्रम विद्यालय निरिक्षक मञ्जु आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु