शितगंगावासीको पीडा उस्तै | डोको, डाँडीमा बिरामी बोकेर अस्पतालमा जानुपर्ने बाध्यता

शितगंगावासीको पीडा उस्तै | डोको, डाँडीमा बिरामी बोकेर अस्पतालमा जानुपर्ने बाध्यता

विक्रम आचार्य

जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लाका सबै स्थानिय तहमा बस्ने नागरीकहरूले वर्षातकाे समयमा बिरामीलाई डोको, डाँडी, पिठ्युमा बोकी स्वास्थ्य संस्थामा पुराउन पर्ने बाध्यता छ ।  देशमै सबै गाँउटाेलमा गाडी पुगेकाे जिल्लाका रूपमा परिचित अर्घाखाँचीमा भौगोलिक विकटतासंगै वर्षातकाे समयमा नियमित मोटरबाटो संचालन हुन नसक्दा बिरामीलाई डोको वा डाँडीमा बोकेर स्वास्थ्य संस्थामा पुराउनु पर्ने बाध्यता रही आएको हो ।


त्यस्तै मध्येको एउटा स्थानिय तह हो शितगंगा नगरपालिका । यो नगरपालिका भौगोलिक हिसाबले देशकै ठुलो नगरपालिका हो । नगरबाट प्रत्येक वर्ष मोटरबाटो निर्माणको लागि करोडौं रकम विनियोजन भए पनि ति मोटर बाटाहरुमा कुनै सुधार आउन सकेको छैन । जसका कारण त्यहाँ नागरिकहरु कुनै पनि काममा लागि  निश्चित गन्ततव्यसम्म पुग्न घण्टौ पैदल बाटो हिँड्नु परेको छ ।

त्यसै क्रममा शितगंगा -७ बस्ने राम बहादुर घर्तिले भने, “गाउँमा कोही बिरामी परे मान्छे खोजेर डोको वा डाँडीमा हालेर लैजानु पर्छ ।”


स्वास्थ्य संस्था र गाउँको दुरी टाढा भएकाले बिरामीलाई सास्ती हुने गरेको छ । उपचार गर्न लैजाने क्रममा कतिपयको बाटोमै अकालमा ज्यान जाने गरेको स्थानियहरूले हामीसँग गुनासाे पाेखे ।

स्थानिय सरकार आएको पनि चार वर्ष बितिसक्दा समेत नागरिकका समस्या जस्ताको तस्तै रहेको हामी बिरामी पर्दा डाेकाे वा डाँडीमै बोकेर उपचारको लागि लैजानु परेको तर कुनैपनि सरकारले हाम्रा पिडा नबुझेकाे भन्दै  शितगंगा ७ का स्थानिय पारससिहं गुरूङले डाँडीमा बिमारी बोक्दै गुनासाे गरे ।


नागरिककाे हक हितकाे लागि कामगर्ने प्रतिबद्धता गरेका यि जनप्रतिहरू स्वास्थ्य जस्ताे विषयमा गम्भिर बन्ने कहिले ? बिरामी हुँदा  डोको वा डाँडीमा बाेकेर स्वास्थ्य चौकी पुराउनु पर्ने बाध्यता कहिले सम्म ? बिमारीलाइ समयमै स्वास्थ्य संस्था पुराउन नसक्दा बाटोमै ज्यान गएमा त्यसकाे जिम्वेवारी कस्ले लिने ? यि यस्ता तमाम प्रश्न जन जनका मनमा उब्जिएका छन, जसकाे जवाफ कस्ले दिने ।

स्थानिय सरकार नबन्दै ट्रयाक खुलेका मोटरबाटाहरूकाे स्तरवृद्ध अझैसम्म हुन सकेन

शितगंगाका अधिकांश गाउँटाेलमा स्थानिय सरकार नअाउँदै मोटरबाटाहरूकाे ट्रयाक खुलेको भए पनि स्तरवृद्ध हुन नसक्दा नगरका माेटरबाटाेमा बाह्रैमास नियमित यातायातका साधन चल्न सकेका छैनन ।


मोटर बाटो निर्माण तथा स्तरवृद्धिका लागि नगरबाट प्रत्येक वर्ष करोडौ रकम विनियोजित भइ रहदा पनि नगरका ति प्रमुख माेटरबाटाेले भने अझै पूर्णता पाउन सकेका छैनन् । विनियोजित योजनाबाट टेन्डर हुने ठेकेदारले क्वानटिटी पुराउन ढिक मात्र खन्ने गर्दा पनि प्रत्येक वर्ष यस्ताे समस्या अाएको नगरबासी बताउछन । सडकमा यातायातका साधन सञ्चालन हुन नसक्दा जनप्रतिनिधिहरूकाे कार्यगर्ने शैलीप्रति स्थानीय सन्तुष्ट हुन सकेका छैनन् । सडक मर्मतका नाममा खर्च भएको अहिलेसम्मकाे कराैडाै रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयको गुनासो रहेको छ ।

पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि नगरपालिकाले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटाहरूमा यातायातका साधन सञ्चालन हुन नसकेकाे स्थानीय बासिन्दाको भनाइ रहेको छ । बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधिले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो भन्दै एक स्थानियले अाक्राेश व्यक्त गरे ।


शितगंगा नगरपालिकाकाे मुख्य माेटरबाटाे अमराइ – जलुके सडककाे अवस्था झनै दयनीय रहेको र यसमा जनप्रतिनिधिको चरम लापर्बाही देखिएको सडक अवलोकनका लागि पुगेका राताेप्रेसका पत्रकार संगम बेल्बासेले बताए ।

जनप्रतिनिधिहरुकाे बेवास्ताका कारण करोडौ पैसा फ्रिज हुने तर माेटर बाटो सुधार हुन नसक्दा नगरबासीले ठूलो हैरानी खेप्नु परेको स्थानिएले बताए । कराेडाै बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँको त्यूँ रहनुले स्थानीयबासी स्थानिय सरकारसँग सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् ।  त्यस्तै नजिक आएका नेपालीको चाडपर्वसमेत प्रभावित हुने अवस्था आएकोसमेत गुनासाे राखेका छन ।

यसरी नगरपालिकाका सबै सडकहरूको अवस्था अत्यन्त दयनीय रहनु, जनप्रतिनिधीबाट नै सडक पानीले बगायो भनेर गैरजिम्मेवार जवाफ दिइनु र यातायात सञ्चालन हुन नसक्नुले सो सडक निर्माण र मर्मतमा बदमासी भएको छ भन्ने कुरालाई नै पुष्टि गरेको छ ।

अन्य समाचारहरु