अर्घाखाँचीका एक युवा युएईमा बेपत्ता, घरपरिवार चिन्तित

अर्घाखाँचीका एक युवा युएईमा बेपत्ता, घरपरिवार चिन्तित


अर्घाखाँचीडट्कम संवाददाता 

दुबई, युएई (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव वार्ड नम्बर ६  ठूलापोखराको किसान (साबिक वार्ड नम्बर ८) एक युवा युएईमा बेपत्ता भएका छन् । 

ठूलापोखराका ३६ वर्षिय लालमणी बन्जाडे गत १२ दिनदेखि युएईको दुबईबाट बेपत्ता भएका हुन् ।

ईस्वर बन्जाडेले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार लालमणी काम गरि राखेको ठाउँबाट  १० दिन अगाडि म काम गर्न सक्दिन भनेर निस्किएका थिए । 

तीन महिना अगाडी भिजिट भिसामा कामको लागि आएका बन्जाडे घरपरिवार, आफन्त तथा युएईमा कसैसँग संपर्क आएका छैनन् । उनले प्रयोग गर्ने फोन पनि बन्द रहेको र युएईमा आफन्त, साथीहरुको घर, डेरामा पनि नगएको बताईएको छ । 

उता १० दिन बढी हुँदा पनि सपर्कमा नआएपछि घरपरिवार चिन्तित रहेका छन् । भने कसले युएईमा देखेमा 0588692177 नम्बरमा  संपर्क गरी सहयोग गर्न सकिने बताइएको छ । 

लालमणीका एक श्रीमती सरिता बन्जाडे र दुई छोरी रहेका छन् ।   साथै उनको खोजीको लागि पनि प्रहरीलाई निवेदन दिने तयारी नेपालीबासीले गरेका छन् ।          
अर्घाखाँचीका एक युवा युएईमा बेपत्ता, घरपरिवार चिन्तित

अन्य समाचारहरु