कपिलवस्तुको जितपुरमा फोटोग्राफर संघको नवौ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

 कपिलवस्तुको जितपुरमा फोटोग्राफर संघको नवौ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न


भक्तिराम घिमिरे

जितपुर, कपिलवस्तु (अर्घाखाँचीडट्कम) । कपिलवस्तु फोटोग्राफर संघको नवौ साधारण सभा तथा दोस्रो अधिवेशन जितपुरमा सम्पन्न भएको छ । इन्द्रमणी बेल्बासेको अध्यक्षता र फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र उपाध्यायको प्रमुख अतिथित्यतामा सम्पन्न भएको हो ।


कार्यक्रममा अतिथि लुम्बिनी फोटोग्राफर संघका उपाध्यक्ष दिनेश अर्याल, महासचिव मधाव पन्थ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले आधुनिक प्रबिधिको विकास संगै पेसालाई थप मर्यादित बनाउनु पर्ने बताउनु भयो ।

त्यस्तै कपिलवस्तु फोटोग्राफर संघ कपिलवस्तुका अध्यक्ष इन्द्रमणी बेल्वासेले फोटो व्यवशायलाई प्रवर्धन गर्दै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । आफू पर्दा पछाडि रहेर अरुलाई चिनाउने पेशाको पहिचान नै बिशेष रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष युवराज अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । उद्घाटन सत्रको सञ्चालन संघका संस्थापक सचिव राम चन्द्र बेल्वासेले गर्नु भएको थियो ।


यसैबीच अधिबेशनले राम चन्द्र बेल्वासेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा सुकै थारु, सचिवमा कर्ण बहादुर तिवारी, सहसचिबमा एलिसा बेल्बासे, कोषाध्यक्षमा रिता कुमारी अर्याल, सदस्यमा प्रकाश चौधरी, चन्द्र सेखर वर्मा, चन्दुराम थारु र लेखा संयोजकमा दामोदर बेल्वासे, माधव घिमिरे, विजय भुसाल चयन भएका छन । नवगठित समितिलाई संघका पुर्ब अध्यक्ष इन्द्रमणी बेल्वासेले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

नव निर्वाचित अध्यक्ष रामचन्द्र बेल्वासेले सपथ कार्यक्रममा बोल्दै जिल्ला बाट हाल ४३ वटा मात्र स्टुडियो संघमा आबद्ध रहेको र अब आफुले सबै पालिकाका फोटो ग्राफरहरु संग नजिक रहेर सबैलाई संघमा आबद्ध गराउदै संघको विधान भित्र रहेर फोटो ग्राफरहरुको हक र हितमा काम गर्ने प्रतिबद्धता जायर गर्नु भएको छ ।

अन्य समाचारहरु