शितगंगाका अधिकांस सडक अवरोद्ध हुँदा बिकासका काम प्रभाभित

शितगंगाका अधिकांस सडक अवरोद्ध हुँदा बिकासका काम प्रभाभित

अराज बेल्बासे

ठाडा, अर्घाखाँची बैशाख १७  । शितगंगा नगरपालिकामा अधिकांस सडक अवरोध हुँदा बिकास निमार्णको काम प्रभाभित भएका छन । साधै लकडाउनको समयमा बिरामीहरु ऋाउन जान समेत समस्या हुने गरेको छ । 

कोरोना सँग मिल्दो जिल्दो बिरामीहरु स्थानियले छुन नखोज्ले एम्बुलेन्स आउन सडक अवरोद्ध हुँदा बिरामीहरु समेत मर्कामा परेका छन । खास गरि चैत १ गते र बैशाख १५ गतेको भिषण बर्षाले शितगंगाका अधिकांस सडक अबरोद्ध भएका छन । शितगंगा नगरपालिकाको बैठक बसी अत्यावसेक सडक मर्मत गर्ने निणर्य समेत भए पनि अधिकांस शाखा सडकहरु अबरोद्ध हुँदा बिभिन्न योजना समेत प्रभाबित भएका छन । 

शितगंगा बाट प्युठान जोडिने सडक समेत अहिले बन्द हुँदा ६ सय घर परिवार प्रत्यक्ष असरमा परेका छन । शितगंगा नगरपालिका ६को वोहखर प्युठान  सडक खण्ड अहिले पुर्णरुपमा अवरोद्ध भएको छ जसले गर्दा उत्त सडकमा आवतजावत गर्ने देखि उत्त क्षेत्रमा ढुवानी समस्या हुँदा बिकासका काम समेत प्रभाबित भएका छन । 

यता वडा नम्बर ६ का वडा अध्यक्ष ऋषि रेस्मिले बर्षा सँगै सडक अवरोध हुँदा बिकासका योजना समेत अलपत्र परेको जानकासी गराउनस भयो नगरपालिकाको आँपचौर सिचाइ योजनाको काम सुरु भए पनि सडक अबरोध हुँदा ढुवानीमा समस्या हुँदा काम समेत प्रभावित भएको रेस्मिले जानकारी दिनु भयो । 

यस्तै वडा नम्बर ६ मा प्रदेश योजना मार्फत भइरहेको  ठुलापधेरा ठुलाडुंग्रे खानेपानी मर्मत योजना समेत सडक अवरोध हुँदा समस्याभएको वडा अध्यक्ष रेस्मीले जानकारी दिनुभयो ।यस्तै शितगंगा नगरपालिका ३ को  छंछगे पदमे खानेपानी योजनाको काम समेत सडक अबरोध हुँदा काम सुरु हसन नसकेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । काम सुचारु गर्ने समय भए पनि सडक अबरोधका कारण काम सुरु हुन नसकेको भुसालले जानकारी दिनु भयो । अन्य वडाहरुमा समेत सडक अबरोध हुँदा बिकास निमार्ण तथा दौनिक जिवनआपनमा समस्या भएको छ ।  

नगरपालिकाले दौनिक यात्रुवहाक सबारी चल्ने सडकहरु भने ममर्त गरेको छ । अन्य अधिकांस सडक अवरोध भएकोले बिकासमा कामका योजना भएका क्षेत्रका सडक समेत मर्मत गर्ने निर्णय नगरपालिका बाट भएको छ ।

अन्य समाचारहरु