मालारानी गाउँपालिकाले प्राविधिकका विद्यार्थीहरुलाई वार्षिक १ लाख छात्रवृत्ति दिने, दलितलाई प्राथमिकता

मालारानी गाउँपालिकाले प्राविधिकका विद्यार्थीहरुलाई वार्षिक १ लाख छात्रवृत्ति दिने, दलितलाई प्राथमिकता


लक्ष्मण घिमिरे 

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले शिक्षामा छात्रवृत्ती प्रदान गर्ने भएको छ । प्राविधिक तर्फ अध्ययन गरिरहेका विद्यार्थीहरुका लागी पालिकाले छात्रवृत्तीको व्यवस्था गरेको हो ।


मालारानी स्थाई घर भएका प्राविधिक तर्फका विद्यार्थीहरुका लागी प्रत्येक वर्ष १ लाखका दरले पाँच वर्षसम्म छात्रावृत्ती उपलब्ध गराउने गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले जानकारी दिए । प्राविधिक शिक्षा तर्फ मेडिकल साईन्स, भेटनरी साईन्स, एग्रीकल्चर साईन्स, फरेष्ट्री साईन्स र ईन्जिनियरिङ्ग पढ्ने विद्यार्थीका लागी प्रत्येक वर्ष १ लाखका दरले पाँच वर्षसम्म कुल ५ लाख छात्रवृत्ती पाउने उनले बताए । ‘विद्यार्थीहरु महंगो शुल्क तिरेर पढ्न बाध्य छन्, पालिका अध्यक्ष आचार्यले भने,‘पढाईमा सहजता ल्यउने पालिकाको प्रयास हो, पैसाका कारण पढाई रोक्न नपरोस् भन्ने उद्देश्य हो ।’

साउन १९ गते भित्र आवश्क कागजात सहित सम्पर्क गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिए । नागरिकता, भर्ना भएको कागजात र उच्चशिक्षामा भर्ना भएको कम्तीमा एक वर्ष पुगेको कागजात सहित सम्पर्क गर्न उनले आग्रह गरे । साथै दलीत र विपन्न परिवारलाई विशेष प्राथमिकतामा राखिने पनी उनले बताए ।

छात्रवृत्ती कार्यक्रम ल्याएपछी गाउँपालिका भित्रका प्राविधिक तर्फ महंगो खर्च गरेर पढ्ने विद्यार्थीहरुलाई राहत हुनेछ ।

अन्य समाचारहरु