दोश्रो अर्घाखाँची प्रिमियर लिगको पत्रकार सम्मेलन असोज १२ गतेबाट सुचारु हुने


हरि कुवर


सन्धिखर्क (अर्घाखाँची डट्कम) अर्घाखाँची प्रिमियर लिग (apl) ले शनिवार पत्रकार सम्मेलन गरी सबै भन्दा ठुलो द्रोस्रो क्रिक्रेट प्रिमियर लिग सन्धिखर्कमा असोज १२ गते बाट हुने जनाएको छ ।


सन्धिखर्कमा हुने क्रिक्रेट खेललाई कसरी अनुशासित र भव्य रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा आज सन्धिखर्कको न्यु स्टार होटलमा बसी छलफल गरिएको हो । क्रिक्रेट खेललाई अन्तर्राष्ट्रिय स्थरमा चिनाउन विदेशी भुमिमा कार्यरत खेलप्रेमी , समाज सेवि, राजनीतिदल तथा संचार माध्यमको ठूलो सयोग हुने अपेक्षा अनि भुमिका रहेको संस्थाका अध्यक्ष ऋषि भट्टराईले बताए।


उक्त कार्यक्रममा पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम ब. लेकाली पत्रकार सयोगी बिसी , नयाँ एफ का स्टेशन म्यानेजर हरि प्रसाद भुसाल , पत्रकार गणेश खनाल , पत्रकार कमल विस्ट , मन्तव्यराख्दै सुझाव राखेका थिए । पत्रकारहरु , समाज सेवि लगाएत खेलाडीहरु को उपस्थिति रहेको थियो ।


यस खेल जिल्लाको सबै भन्दा ठूलो प्रतियाेगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने द्वितीय हुनेले ५५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अहिलेसम्म चारवटा टिमले भागलिने भएका छ्न। लिगमा एम्स स्टार, सुपर सुपा - ११, राेयल सन्धिखर्क र नमस्ते अर्घाखाँची रहेका भट्टराई ले जानकारी गराएका छन ।

अन्य समाचारहरु