अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीका एक जना पुरुष कोरोना संक्रमणका कारण बुटवलमा निधन भएको छ ।
भगवतीका ७३ वर्षीय बृद्धको आज आईतबार ७ बजेर २५ मिनेटमा प्रादेशिक अस्पतालको कोरोना विशष अस्पताल बुटवलमा मृत्यु भएको हो ।
उनी जेठ २१ गते अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५९ जनाको ज्यान गएको छ ।