शितगंगा नगरपालिकाको जनसंख्या ४२,५२८ पुग्यो | पुरुष भन्दा २,३१४ बढी महिला पुगे (पुरा जनसंख्या विवरण हेर्नुस्)

शितगंगा नगरपालिकाको जनसंख्या ४२,५२८ पुग्यो | पुरुष भन्दा २,३१४ बढी महिला पुगे (पुरा जनसंख्या विवरण हेर्नुस्)


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको जनसंख्या ३७  हजार  ८ सय ८८ पुगेको छ । 

शितगंगा नगरपालिकाको जनसंख्या ३७  हजार  ८ सय ८८ पुगेको हो । शितगंगा नगरपालिकामा पुरुष भन्दा २ हजार ३ सय १४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा महिलाको जनसंख्या २०,१०१ र पुरुषको जनसंख्या १७,७८७ रहेको छ ।     

उता जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको छ । २०७८ सालको जनगणनामा जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको हो ।

अर्घाखाँचीडट्कमलाई प्राप्त जनगणना विवरण अनुसार जिल्लामा पुरुष भन्दा १५ हजार १ सय ७४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा जिल्लामा महिलाको जनसंख्या ९६,१८७ र पुरुषको जनसंख्या ८१,०१३ रहेको छ ।  

 २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर -१ दशमलव ०५ प्रतिशतले कमी आएको छ। जस अनुसार अर्घाखाँचीमा २० हजार ४ सय ३२ ले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ। 

जिल्लाको जनसंख्यामा कमी आउनु जन्मदर र बसाइँसराइका कारण भएको हो । 

साथै जिल्लामा घर संख्या ४५,१९ रहेको छ । र परिवार संख्या ४९०८० रहेको छ ।  यस्तै सबै ६ पालिकाहरुमा पुरुष भन्दा बढी महिलाको जनसंख्या रहेको छ ।  

शितगंगाको जनसंख्या यस्तो छ:- 

शितगंगा नगरपालिका
जनसंख्या: ३७,८८८   अर्घाखाँचीडट्कम
महिला: २०,१०१ 
पुरुष:१७,७८७  

अन्य समाचारहरु