मालारानी गाउँपालिकाद्वारा काेभिड अस्पतालमा करार डाक्टरलाई तलव दिदा बेरूजी आएको भनाई

मालारानी गाउँपालिकाद्वारा काेभिड अस्पतालमा करार डाक्टरलाई तलव दिदा बेरूजी आएको भनाई


गणेश खनाल

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले काेभिड अस्पतालमा करार नियुत्ति गरेका डाक्टर नर्सकाे तलव महालेखाले बेरुजु देखाएकाे छ । 


वाडदेखि गाउँपालिका सम्म करारमा नियुक्त गरेका अन्य कर्मचारीकाे समेत गरि ९३ लाख बेरुजु देखाएकाे गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयाे । 


वर्षाै देखि रहदै आएका कर्मचारीकाे तलव हालसम्म बेरुजु नआएकाे पहिलाे पटक आएकाे आचार्यकाे भनाइ रहेकाे छ । 


घ्रान्टघाट झाेलेङ पुलका निर्माणका लागि उपभोक्ता समितिलाई दिएकाे ८ लाख ८४ हजार ७ सय छपन्न रहेकाे प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले जानकारी दिनुभयाे । १६ लाख २२ हजार ६ सय ३७ रूपैया निर्माण व्यवसायीले जाेखिमयुत्त ठाउँमा ज्यालादारी कामदारकाे विमा गर्नुपर्ने रकम रहेकाे याेजना प्रमुख नेत्रप्रसाद खनालले बताउनुभयाे ।


 जनता बचाउन गरिएको काेभिड अस्पतालमा कार्यरत चिकित्सक सम्मकाे रकम बेरूजी महालेखा देखाउनु दुखद भएकाे अध्यक्ष आचार्यले बताउनुभयाे ।

अन्य समाचारहरु