सितापुरमा सम्पन्न अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रोयल ढाकावाङले जित्यो (तस्बिरहरु)

सितापुरमा सम्पन्न अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रोयल ढाकावाङले जित्यो (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका २ सितापुर बजारमा सम्पन्न अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगितामा रोयल ढाकावाङ च्याम्पियन भएको छ।  


सितापुर बजारमा आज शनिवार सम्पन्न अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगितामा रोयल ढाकावाङ च्याम्पियन भएको हो । यस्तै प्रतियोगितामा द्वितीय स्थान आयोजक सितापुरले हात पारेको छ। तृतीय स्थान फलामखिल्जिले हात पारेको छ।   


सितापुर बजारमा अस्ती विहिवारदेखि नव युवा समिती बुढाचौरको आयोजनामा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता शुरु भएको थियो ।  प्रतियोगितामा २० टिमको सहभागिता रहेका थिए । 


हिजोको वार्ड स्तरिय भलिबल प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथी वार्ड अध्यक्ष गोबर्धन थापा,  अतिथि कार्यपालिका सदस्य राम बहादुर दर्नाल, सरस्वती माबिका पुर्व प्रअ  राजेन्द्र केसी, इप्रका ठाडाका सह-इन्चार्ज सालिक राम खनाल लगायतको उपस्थिती रहेको थियो । 


यसअघि माघ ३ गते कोरोना संक्रमण बढेको भन्दै  स्थगित गरिएको थियो । 

प्रतियोगितामा विजयी हुने मध्ये प्रथम हुनेलाई ३२ हजार रुपैया, दोस्रो २२ हजार र तेस्रो हुनेलाई १२ हजार पुरस्कार रासी राखिएको थियो । 

सितापुरमा सम्पन्न अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रोयल ढाकावाङले जित्यो (तस्बिरहरु)

अन्य समाचारहरु