खुम बस्नेत
अर्घाखाँची । लोकप्रिय गायक प्रकाश सपुत पछिल्लो समय पटकपटक गीतसंगीतमा चर्चाका पात्र बनेका छन । उनले "पिर" नामक गीत सार्वजनिक गर्दै जनयुद्धकालिन नारीहरु अस्मिता विक्रि गरिरहेकाे सन्देश दिएका हुन् । युट्युवमा ट्रेण्डिङमा रहेकाे उक्त १६ मिनेट २५ सेकेण्डकाे भिडियाेले नेपाली नारिहरुकाे घाेर अपमान गरेकाे भन्दै सर्वत्र सामाजिक संजाल रंगगिएको छ भने कतै प्रसंशाका पात्र बनेको पाइएको छ । नयाँ गीत "पीर" रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ ।
खुम बस्नेत सामाजिक सञ्जालमा लेखछन । :
प्रकाश सपुतको दृष्टिदोष
उनले सत्तामा टिक्नको लागि विदेशीको गुलाम बनेका माओवादी मात्रै देखे, राष्ट्रिय स्वाधिनताको झन्डा बोकिरहेका विद्रोहीहरु देखेनन् ।
उनले निरासावादी थकित माओवादीलाई मात्रै देखे, आसावादी संघर्षरत माओवादीलाई देखेनन् ।
उनले वेश्यालयमा पुगेका पुर्व महिला जनमुक्ति सेना मात्रै देखे , मिरा राई लगायत अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त पुर्व महिला-जनमुक्ति सेना देखेनन् ।
उनले पिर दिने अबुझ कायर जीवन संगीनी मात्रै देखे , पुरुषलाई हरपल साथ र साहस दिने वीर नारीहरु देखेनन् ।
उनले देश छाडेर विदेश भाग्ने क्रान्तिको यात्राबाट थकित युवालाई मात्रै देखे, देशमा संघर्ष गर्दै निरन्तर क्रान्तिको यात्रामा हिडिरहेका अथक योद्धालाई देखेनन् ।
उनले नारी योद्धाको कमजोरी मात्रै देखे, नेपाली नारीको महान त्याग , समर्पण, बलिदान र योगदानलाई देखेनन् ।
उनले महिलाको मात्रै दोष देखे , पुरुषको दोष देखेनन् ।
उनले अन्तरजातीय विवाहबाट घरवार, समाज र नातासम्बन्ध बिग्रेको मात्रै देखे, बनेको देखेनन् ।
उनले जनताको सामाजिक , राजनीतिक चेतनामा अाएको परिवर्तन देखेनन्, निरासा, कुुण्ठा, वितृष्णा र दास मानसिकता मात्रै देखे ।
उनले प्रतिगमन मात्रै देखे, अग्रगमन देखेनन् ।
उनले पलायनवादलाई मात्रै देखे, उन्नयनवादलाई देखेनन्
उनले नकारात्मकता मात्रै देखे , सकारात्मकता देखेनन् ।