ढाकावाङमा राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य तथा महिला नेतृ बेल्वासेको निधन

ढाकावाङमा राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य तथा महिला नेतृ बेल्वासेको निधन
 

अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची ।    अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ अम्लाचाैर निवासी राष्ट्रिय जनमाेर्चाका सक्रिय सदस्य महिला नेतृ तथा राष्ट्रिय जनमाेर्चाका सक्रिय सदस्य पाेमनारायण बेल्वासेकी श्रीमती तथा राष्ट्रिय जनमाेर्चाबाट भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ मा जननिर्वाचित वडा सदस्य दाेण बेल्वासेकी भाउजू शारदा बेल्वासेकाे निधन भएको छ। ३८ वर्षीय बेल्वासेकाे जेठ २८ गते निधन भएको हो।

बेल्वासेकाे जेठ २९ गते सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बेल्वासेकाे पार्थिव शरीरमा राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद् सदस्य खड्क बहादुर थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

बङ्गमारे आर्यघाटमा गरिएको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न राजमाे अर्घाखाँची जिल्ला सदस्य कविराम खनाल ,भाेजराज खनाल, राजमाे भुनपा २ का अध्यक्ष बावुराम खनाल, अखिल (छैठौं)का केन्द्रीय सदस्य टेकराज भुसाल, अखिल नेपाल शिक्षक संघका रामप्रसाद खनाल, भुनपा २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, १ का वडा अध्यक्ष गाेपाल खनाल, नेकपा (एमाले) भुनपा २ का सचिव हेमराज बेल्वासे लगायतले स्वर्गीय बेल्वासेलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

श्रद्धाञ्जली सभाको सञ्चालन राजमाेका युवा नेता खिम बहादुर राउतले गर्नुभएको थियो।

स्वर्गीय बेल्वासेका १ छाेरा र १ छाेरी छन्। 
ढाकावाङमा राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य तथा महिला नेतृ बेल्वासेको निधन

ढाकावाङमा राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य तथा महिला नेतृ बेल्वासेको निधन

अन्य समाचारहरु