भारतबाट शितगंगा नगरपालिकामा प्रवेश गर्ने क्रम जारी, आज ८ जना थपिए

भारतबाट शितगंगा नगरपालिकामा प्रवेश गर्ने क्रम जारी, आज ८ जना  थपिए

अराज बेल्बासे
 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा नगरपालिकाका क्वारेन्टिनमा भारतबाट आएका ८ जना  थपिएका छन् ।  

सम्बन्धीत वडाको क्वारेन्टिनमा बस्ने गरी  वडा न १२ को जय कोट आधारभुत विधालयमा ४ जना    गौरा मा वि मा १जना  वडा न १३ सिमलपाकिो बुद्ध आधारभुत विधालयमा २ जना , रिकोट आधारभुत विधालयमा ४ जना रहेको वडा अध्यक्ष दुर्गा बिसिले जानकारी दिनु भयो । यस्तै वडा नम्बर १३ मा बिभिन्न बिद्यालयमा गरि ८० शैयाको क्वारेन्टिन  निमार्ण भएको बिसिले जानकारी दिनु भयो । 

यस्तै वडा न४ को रातामाटा आधारभुत विधालयमा २ जना वडा न ६ को भानु आधारभुत विधालयमा २  जना  , सिदार्थ आधारभुत विधालयमा ४ जना ,सिवादह मावि ३ जना,  वडा न ८ को लापे मावि रहेको क्वारेन्टिमा १ जना  वाड न मा ७ को बालकल्याण आधारभुत विधधालय मा ५ जना  वडा न ५को सुधा माविको क्वारेन्टिनमा ४ जना रहेको  ,वडा न १० को जन जागृति माविमा २ जना रहेको  र ज्योति मावि  ७ जना रहेको स्वास्थ शाखा प्रमुख कृष्ण  पौडेलले जानकारी दिनु भयो ।

अहिले शितगंगा नगरपालिकाका क्वारेन्टिनहरुमा  सबैगरी ४२  जना रहेका छन् र उनिहरु सबै भारत बाट आएका र उनिहरुको पिसिआर परिक्षण ७ दिन पुगेपछि मात्र गरीने छ । उनिहरुको रीपोर्ट कोरोना नेगेटिभ आएमा उनिहरुलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी घर पठाइने छ । 

भारतबाट मानिसहरु आउने क्रम बढिरहेकाले शितगंगा नगरपालिका उच्च जोखीममा रहेको े स्वास्थ शाखा प्रमुख कृष्ण  पौडेलले जानकारी दिनु भयो ।

अन्य समाचारहरु