सितापुर बजारमा फागुन ५ गतेदेखि अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता हुने

सितापुर बजारमा फागुन ५ गतेदेखि अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता हुने


अर्घाखाँचीडट्कम संवाददाता

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका २ सितापुर बजारमा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । 

सितापुर बजारमा नव युवा समिती बुढाचौरको आयोजनामा आगामी फागुन ५ गतेदेखि अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता हुने भएको हो ।

यसअघिक माघ ३ गते कोरोना संक्रमण बढेको भन्दै  स्थगित गरिएको थियो । 

प्रतियोगितामा विजयी हुने मध्ये प्रथम हुनेलाई ३२ हजार रुपैया, दोस्रो २२ हजार र तेस्रो हुनेलाई १२ हजार पुरस्कार रासी राखिएको आयोजकले अर्घाखाँचीडट्कमलाई बतायो । 

टिम दर्ता फागुन ३ देखि फागुन ५ गतेसम्म हुनेछ । 

अन्य समाचारहरु