छत्रगंज स्वास्थ्य चाैकीलाई राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनबाट स्वास्थ्य सामाग्री सहयोग

छत्रगंज स्वास्थ्य चाैकीलाई राष्ट्रिय आविष्कार केन्द्रका  महावीर पुनबाट स्वास्थ्य सामाग्री सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिका स्ठित छत्रगंज स्वास्थ्य चाैकीलाई राष्ट्रिय आविष्कार केन्द्र नेपालका संस्थापक महावीर पुनले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । 


छत्रगंज स्वास्थ्य चाैकीलाई राष्ट्रिय आविष्कार केन्द्र नेपालले अक्सिजन कन्सनटेटर सहितका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।


राष्ट्रिय आविष्कार केन्द्रले पठाएका १० लिटरका २ थान अक्सिजन कन्सनटेटर, पिपिए १० थान, फेस सिड १० थान लगायत छत्रगंज स्वास्थ्य चाैकीलाई हस्तान्तरण गरिएको छ । 

अन्य समाचारहरु