ढिकुराकी एक किशोरी हटारिनेटामा मृत फेला परिन्

ढिकुराकी एक किशोरी हटारिनेटामा मृत फेला परिन्


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको रविचित्र उच्च माध्यमिक विद्यालय हटारिनेटामा अध्ययन गर्ने ढिकुराकी एक छात्रा मृत फेला परेकी छिन् । 

भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका मेख बहादुर  बलालकी अन्दाजी १९, २० वर्षिया छोरी अन्जना बलाल हटारिनेटाको आफ्नै कोठामा झुन्डिएर अवस्थामा बिहीवार मृत फेला परेकी हुन्।   

उनले रविचित्र उच्च माध्यमिक विद्यालय हटारिनेटामा कक्षा ११ मा अध्ययन गर्दै थिईन् । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको प्रहरीले बताएको छ । 

घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु