अर्घाखाँचीमा महङ्गी र अभावको बिरुद्दमा राष्ट्रिय जनमोर्चाद्वारा कोणसभा सम्पन्न ।

  सन्धिखर्क , सन्तोष सुनार /अर्घाखाची डट्कम - 

 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले महङ्गी , बेथिती र अभावको बिरुद्दमा सन्धिखर्कमा कोणसभा सम्पन्न गरेको छ । किसानहरुले खेतिपातिको समयमा रासायनिक मल सहजै प्राप्त गर्न नसकेको , बिधार्थिहरुले समयमा पाठ्यपुस्तक नपाएको र बजारमा चरम महङ्गी बढेको भन्दै जनमोर्चाले बिरोध कार्यक्रम गरेको हो ।
अर्घाखाँचीमा महङ्गी र अभावको बिरुद्दमा राष्ट्रिय जनमोर्चाद्वारा कोणसभा  सम्पन्न ।

        कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देशमा बेथिति बढेको भन्दै चरम असन्तुष्टि पोखेका हुन । किसानहरुले धान रोप्ने बेलामा रासायनिक मल उपलब्ध गराउन नसक्नु सरोकारवालाहरुको कमजोरी भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारलाइ आग्रह गरेका छन ।
अर्घाखाँचीमा महङ्गी र अभावको बिरुद्दमा राष्ट्रिय जनमोर्चाद्वारा कोणसभा  सम्पन्न ।

      बिधालय संचालन भैरहदा पनि विद्यार्थीहरुले पुर्ण रुपमा पुस्तक नपाउनु , बजारमा चरम महङ्गी बढ्दा सर्वसाधारणलाई जिविको पार्जन गर्न गार्हो भैरहदा पनि सरकार थाहा नपाए जसरी बसेकोमा भट्टले आपत्ती जनाए। 
अर्घाखाँचीमा महङ्गी र अभावको बिरुद्दमा राष्ट्रिय जनमोर्चाद्वारा कोणसभा  सम्पन्न ।

     सन्धिखर्कको शान्ती बगैचामा सम्पन्न कोणसभाको संचालन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के सी ले गरेका थिए ।

अन्य समाचारहरु