डिभर्नामा ओली एमाले निकट अखिल नेपाल महिलाकाे वार्ड भेला सम्पन्न (फोटो सहित)

डिभर्नामा ओली एमाले निकट अखिल नेपाल महिलाकाे वार्ड भेला सम्पन्न (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा ओली निकट नेकपा एमाले  अखिल नेपाल महिलाकाे वार्ड भेला सम्पन्न भएकाे छ। 


भेलामा अनेम संघ जिल्ला कमिटि सचिव शुसिला गैरेकाे प्रमुख आथित्यता, नेकपा एमाले जिल्ला कमिटि सदस्य सीता श्रेष्ठ, जिल्ला कडा कमिटि सचिव तथा जिल्ला कमिटि सदस्य वसन्त श्रेष्ठकाे बिशिष्ठ आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा सम्बाेधन गर्दै प्रमुख अथिति गैरेले महिला अान्दाेलनलाई शसक्त बनाउदै राज्यका उच्च तहमा महिला सहभागिता गराउन अनेमसंघले महत्वपूर्ण भूमिका खेलेकाे बताउनु भयाे ।


भेलाले इश्वरा श्रेष्ठकाे अध्यक्षतामा  ५० सदस्यीय अनेमसंघ १२ नं वडा कमिटिकाे गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सपना पाैडेल, सचिवमा सीता श्रेष्ठ, सह सचिवमा हीरा बिसी,  कोषाध्यक्षमा ललिता कुवंर लगायतका रहनुभएको छ । 


भेलामा अनेमसंघ सन्धिखर्क नगर कमिटि सदस्य सृजना श्रेष्ठ, पुस्पा श्रेष्ठ, पार्वता श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे । कार्यक्रम  अनेमसंघ नगर कमिटि सदस्य पार्वता श्रेष्ठकाे अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटि सदस्य सीता श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु