अफगानिस्तानमा तालिवानीद्धारा बालिकाको गोली हानी हत्या

अफगानिस्तानमा तालिवानीद्धारा बालिकाको गोली हानी हत्या

एजेन्सी ।

 अफगानिस्तानमा तालिवानी विद्रोहीले चारजनाको हत्या गरी सार्वजनिक स्थलमा शव झुण्ड्याएको केही दिन नबित्दै एक बालिकाको गोली हानी हत्या गरेको छ ।

तालिवानको बिरुद्धमा लागेको भन्दै एक ब्यक्तिका ८ बर्षिया छोरीको सार्वजनिक स्थलमा गोली हानी हत्या गरेको हो ।

सत्ता कब्जामा लिने बितिकै अफगानी जनताको भलाईका लागि काम गर्ने भन्दै अफगानी जनतालाई आश्वस्त पारेको तालिवानले दिनप्रति दिन निर्दोेष ब्यक्तिहरुको हत्या गर्न थालेका छन् ।

उनीहरुले सर्वसाधारणको घर घरमा खानतलासी गरी मोबाइलमा कल डिटेल्स हेर्ने र फोटो हेरी सजाँय दिन थालेका छन् ।

तालिवानको विरुद्धमा एक शब्द पनि बोल्न नपाउने भन्दै उनीहरुले शंका लागेको ब्यक्तिको मोबाइल समेत खोस्न थालेका छन् । जसका कारण अफगानी जनता झन झन त्रसित हुन थालेका छन् ।

यसबीच अफगानीस्तानका कुनै पनि पुरुषले दाह्री पाल्नु पर्ने नियम लागु गरेकोमा केहीले नियम तोडेको भन्दै निर्मम तरिकाले कुटपिट समेत गरेका छन् ।

अन्य समाचारहरु