अर्घाखाँची जिल्ला कारागार आटिकापाटाका कैदी बन्दीलाई दशैं मनाउन ३० किलोको खसी (तस्बिरहरु)

अर्घाखाँची जिल्ला कारागार आटिकापाटाका कैदी बन्दीलाई दशैं मनाउन ३० किलोको खसी (तस्बिरहरु)


सुर्य भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला कारागार आटिकापाटामा रहेका कैदी बन्दीहरुलाई खसी तथा अन्य सामाग्री हस्तान्तरण गरेको छ ।


सन्धिखर्क नगरपालिकाले सोमबार विजया दशमीको उपलक्ष्यमा जिल्ला कारागार आटिकापाटामा रहेका कैदी बन्दीहरुलाई खसी तथा अन्य सामाग्री हस्तान्तरण गरेको हो ।


 जिल्ला कारागारमा रहेका  कैदिबन्दीहरुलाई बिगतका बर्षहरुदेखि खसी नगरपालिकाले उपलब्ध गराउदै आएको र यस बर्षपनि झन्डै ३० केजीको खसी नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कारागारमा रहेका कैदिबन्दिहरुलाई बिजया दशमी को शुभकामना सहित खसी उपलब्ध गराउनु भएको थियो । 


कारागारमा भएको खसी हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख  कमल प्रसाद भुसाल नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्राबिधिक नारायण पोख्रेल लगायत कारागारमा रहेका कर्मचारी कैदिबन्दीहरुको उपस्थिति रहेको थियोे ।  


अन्य समाचारहरु