केरुङ्गा, छत्रगंज, बल्कोटमा संक्रमितको घरमै पुगेर आयुर्वेदिक औषधीहरु वितरण

केरुङ्गा, छत्रगंज, बल्कोटमा संक्रमितको घरमै पुगेर आयुर्वेदिक औषधीहरु वितरण


अस्लम अली 

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका वार्ड नम्बर २ बल्कोट, ४ केरुङ्गा, वार्ड नम्बर -५ छत्रगंजमा रहेका संक्रमितको घरमै पुगेर रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधीहरु वितरण गरेको छ ।


अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले बल्कोट, केरुङ्गा, छत्रगंजमा रहेका संक्रमितको घरमै पुगेर रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधीहरु वितरण गरेको हो ।

यस्तै छत्रदेव नागरीक आरोग्य केन्द्रले कोभिड १९ संक्रमित भई बिरामीहरूलाई घर-घरमै गई तनाव ब्यवस्थापन सम्बन्धी र रोगप्रतिरोध क्षमता अभिबृध्दि गर्ने खालका योग प्रणायाम र औषधिहरू वितरण गर्दै आइरहेको छ ।

केन्द्रले रोगप्रतिरोधात्मक क्षमता बढाउने तथा स्वास्थ्य प्रवर्द्धनात्मक तथा उपचारात्मक आयुर्वेदिक औषधिहरु यष्ठिमधु चूर्ण, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, तुलसी चिया, गुडुचि चिया, सितोपलादी चूर्ण लगायतका औषधीहरु नि:शुल्क वितरण गर्न गर्दै आइरहेको छ ।

अन्य समाचारहरु