अर्घाखाँचीभरका होटल, रेष्टुरेन्ट, गाडी तथा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध

अर्घाखाँचीभरका होटल, रेष्टुरेन्ट, गाडी तथा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध


अर्घाखाँचीडट्कम संवाददाता

चुत्राबेसी,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाभरका होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई प्रवेश निषेध गरिने भएको छ । 


सन्धिखर्क, चुत्राबेसी लगायत जिल्लाभर अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट, सार्वजनिक यातायात तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको हो ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै सुरक्षा मापदण्ड अनुसार मास्क नलगाउनेलाई प्रवेश निषेध गर्ने प्रहरी, प्रशासनको तयारी गरेको छ ।  

होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्नुपर्ने छ । 

होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न कडाई गरिने छ । 

यदि कसैले मास्क नलगाई आएमा त्यस्ता व्यक्तिलाई बढीमा पाँच रुपैयाँसम्म लिएर मास्क उपलब्ध गराउन समेत सम्बन्धित संस्था तथा होटलले लिनेछन् । 

अन्य समाचारहरु