गिनिज बुकमा नामलेखाउन पुगेका खगेन्द्र थापा अन्तराष्ट्रिय समाचारको प्राथमिकतामा

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि

विश्वका सबैभन्दा होचा मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्नेउद्देश्यका साथ बाग्लुङका खगेन्द्र थापामगरको त्यहाँका संचारमाध्यमहरुले निकै चर्चा परिचर्चा गरेका छन् । उनी सोमबार त्यहाँ पुगेका थिए । १८ वर्षिय खगेन्द्र थापा मगरलाई त्यहाँका सन्चार माध्यमहरुले प्राथमिकता दिएका हुन । गिनिज बुकमा उनको नाम राख्नका लागि सहयोग गर्न इटलीका रेडियोकर्मीहरुको

एक समूहले सहयोग गर्ने भएको छ।सोही समूहको आमन्त्रणमा बुबा मीनबहादुर रानामगरका साथ उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बाग्लुङ जिल्लाबाट २०६६ साल असारमा नागरिकताको प्रमाणपत्र लिएका १८ वर्षीय थापामगरको तौल हाल साढे चार किलोग्राम र उचाइ २० इन्चमात्र रहेको छ।

 

 

 

आफ्ना बुवाको साथमा आइतबार इटली प्रस्थान गरेका खगेन्द्रले इटलीको ‘टेलिभिजन सो’मार्फत आफ्नो दावी प्रस्तुत गर्नेछन् । गिनिज बुकमा सबैभन्दा होंचा व्यक्तिको रुपमा हाल चीनका २९ इन्चका पीङपीङको नाम उल्लेख छ ।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  middle-east@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।