त्यसैले त तिमीले…….. रामु गैरे

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

रामु गैरे-अर्घाखाँची,चिउरामाटी
         हाल : दुबइ

त्यसैले त तिमीले……..

मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।
 
 
मटीतेलमा बाल्ने बत्ती मन परेन होला
तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ
चोखो माया बाहेक के नै थियो र तिमीलाई दिन
तेसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ । 
 
 
पैदल हिंड्न तिमीलाई थकाई लाग्यो होला
तेसैले त सरर गूड्ने मोटर बाइक् रोज्यौ
तिमीलाई पैसै ठुलो रहेछ म सोझोलाई के थाहा ?
तेसैले त तिमीले धन माथि नाता जोड्यौ ।
 
 
गुन्द्रुक र धिडो तिमीलाई  मन परेन होला
तेसैले त चिकेन तन्दुरी, मटन् बिरयनी अनी बियर व्हिस्की रोज्यौ
यिनै यिनै चिज नपुग रहेछ र पो म मा
तिमी र म बिचको नाता सधैंका लागि तोडी दियौ ।   

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  middle-east@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।