मेरो पहाड हिँडिरहन्छ – इन्दमनी भट्टराइका कविता हरु

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– ईन्द्रमनी भट्टराई
  धनचौर ३ आरीचौर
अर्घाखाँची लुम्बिनी नेपाल
       हाल भारत 

 
एक अञ्जुली हृदय
मायाको शिखर चुम्दै
मेरो पहाड हिँडिरहन्छ
जूनको अघि-अघि
घामको पछि-पछि

यही उदास दिनहरू देखेरर्
दर्जनौं-दजर्न यादका पलहरू
कुण्ठित गला निल्दै
बर-पीपलका जोडीहरू
चौतारीमा आँसु पुछ्छन्
डुबेर गएका वर्षरिका
परुाना घामहरूलाई हेदै
क्षितिजपारि र्स्वर्ग डढेको बादलका
टुक्राटुक्रीहरूलाई बटुलिरहेको
साझँलाई हेर्दै
एक अञ्जुली हृदय
मेरो पहाड हिँडिरहन्छ

जन्मिन्छन् यहाँ नयाँ वर्षरू
काँचुलीको फेरो फालेर
इतिहासको पाना कुल्चिँदै अघि बढ्छन्
फेरि पनि एक अञ्जुली हृदय
छल्किन्छन् यादहरू जोडी नयन पुदै- पुदै
बिर्सर्ीीसकेका संम्झनाका घाउहरू
पखाल्दै जाँदा
पर्खिन्छन् दोबाटो र पुराना गल्लीहरू
समयको एक आँचल ओढेर
उही एक अञ्जुली हृदय
बिर्सन्छन् साराका सारा
प्रकृतिमय अतीत कालहरू
निरुदेश्य उडेको चुरोटको
धुवाँलार्इर्र्अङक्माल गर्दै
भागेको बतास खेद्न
एक अञ्जुली हृदय
मेरो पहाड हिँडिरहन्छ
मेरो पहाड हिँडिरहन्छ ।

………………… 

जिन्दगी चलेको हुन्छ यहाँ
दुःखमा पनि जिन्दगी चलेको हुन्छ यहाँ

मनमा आशाको दियो बलेको हुन्छ यहाँ
यस्तै रैछ मान्छेको जीवन भन्नु आखिर

सपनाको महल पनि ढलेकै हुन्छ यहाँ
लक्ष्य चुम्ने होडमा जीवन सघर्ष गर्दागर्दै
पाइलैपिच्छे दैवले छलेकै हुन्छ यहाँ

दुःख सुख भन्ने चिज त यस्तै नै हो
यात्रामा थकित दिल गलेकै हुन्छ यहाँ

यस्तै रहेछ यहाँ नियतीको खेल नै
आगोबिना हृदय जलेकै हुन्छ यहाँ !!

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  middle-east@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।