बालबच्चा लाई खुवाउने स्तन नग्न गरी नदेखाउ बहिनी – उमाकान्त पाण्डे गाउले

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

–  उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि
यस कारण म आफूलाई भाग्यमानी सम्झिन्छु कि मैले पाँच बर्ष हुँदासम्म आमाको दूध पिउने अवसर पाएको थिएँ । बाइस बर्ष भयो मलाई ज्वरो नआएको र तीस बर्षभन्दा बढि भयो टाउको  नदुखेको । कहिले कसो खानपानका कारणले झाडा पखालाजस्तो भए पनि महिनौसम्म पेट दुख्ने गरेको मलाई थाहा छैन । यत्तिनै समय भयो होला सामान्य रुघा खोकी सर्दी बाइलोका कारण मेडिकल वा स्वास्थ्य केन्द्रहरुमा जचाउन र औषधी खान नपरेको । बाल्य कालमा कुनै खास रोग ब्याधले सताएको कुरो पनि थाहा छैन । त्यसैले मलाई पूरा बिश्वास छ कि म आफ्ना दाइ र दौतरीहरु भन्दा स्वस्थ छु र स्वस्थ हुनुको प्रमुख कारण मैले लामो समयसम्म पिएको शुद्ध अमृतमय मेरी आमाको दूध नै हो भन्ने बारेमा मलाई पूर्ण आत्मबिश्वास छ । म आफ्ना दाजु बहिनीहरुमा सबैभन्दा कान्छो भएकोले यति लामो समयसम्म आमाको दूध पिउन पाएको हुँ केही समय पहिला घोराही दाङका गणेश शाह ले सामान्य कुराकानीको क्रममा आफ्नो बिचार ,अभिब्यत्ती अनुभब र अनुभुती बाढ्दै थिए अन्लाईन मार्फत ।
उन्ले अगाडी थपे  त्यस बेला गाई भैंसी प्रसस्त पालिने भएकोले घर घरमा बेगुती दूध पनि खूब खाइन्थ्यो । स्कुले जीवन पछि थाहा भयो आमाको दूध त सर्वशक्तिमान अमृत तुल्य हुँदो रहेछ र बेगुती दूधमा पनि रोग प्रतिरोधात्मक शक्ति प्रचूर मात्रामा हुँदो रहेछ । यस बारेमा रेडियो टिभी पत्र पत्रिका तथा तालिम सेमिनारहरुबाट पनि प्रसस्त जानकारी पाइन्छ । यति हुँदाहुँदै पनि पढे लेखेकी सहरिया आमाहरुले आफ्ना नानीको बाल अधिकार हनन् गरी प्रकृतिले आफ्नो सन्तान्का लागि छातीमा भण्डार गरेको अमृतमय दूधबाट बालकलाई बन्चित गरि गुणस्तर हीन बजारु डिब्बाको दूध ख्वाउने जोखिमपूर्ण चलन हिजो आज ब्यापक हुँदै आएको पाइन्छ ।
यस्तो अमूल्य अमृत सुकाउन सुटुक्क ल्किनिकमा गएर इन्जेक्शन लगाउने आमा र आफ्नो दूधे सन्तानलाई सूर्ती झैं सुकाएर श्रीमतीका चुस्त स्तनसँग रमाउन चाहने बाबु बैधानिक रुपमा जन्मदाता भए पनि ब्यबहारिक रुपमा आफ्नो सन्तानप्रति घातक वा दया माया विहीन निष्ठूर मनुस्य भन्न सकिन्छ । डिब्बाको दूध र पौष्टिक आहार त थप अथवा बैकल्पिक आहारा मात्र हो । त्यो डिब्बाको दूध दूधदानीबाट खुवाउनु पर्ने त्यो पनि आमाले होसियारी पूर्वक नखुवाएर अन्य कुनै अन्जान मानिस द्वारा खुवाउन लगाइन्छ । यसो गर्दा लापरबाहीवस दूधदानी फोहोर हुन सक्ला दूध बासी वा तापक्रम नमिलेको होला ।

नानी राम्ररी नअघाउला रोला अनि दूध खाएर पनि कति रोएको भनी उल्टै कुटी पिटी सन्त्याउन खोजिएला राती मस्तसँग निदाएको बेला नानी रोला । नानी हुर्काउन ठूलो कष्ट र झन्जट महसुस गरिएला । किन भने मोज मस्ती गर्दा गर्दै जन्मिएको नानी कहिले कसो त आमाहरुको लागि बोझ भएजस्तो बुझिन्छ । जब बच्चाले बालहठ गर्छ हमेसा दूध नै चुस्न खोज्छ त्यस बखत युवती आमाले आफ्नो बेइजती सम्झिन्छन् र म पनि यसरी नै हुर्किएकी हुँ भन्ने विर्सिएकालाई छोरा छोरी जन्मिएकोमा झन्जट बसर्िएजस्तो लाग्छ अनी जब नानीले बा आमाको लार प्यार पाउने अवस्था आउँछ तब घरदेखि टाढाका बोर्डिङ स्कुलमा बोर्डस्र गराइएला । बा आमा र सन्तान बीचको दुरी बढ्दै जाला दसैँ तिहारमा पन्द्र बीस दिन नानीहरुसँग भेट होला त्यस पछि नानी आफ्नो कूल मूल संस्कार भेस भाषा नाता आदिबाट पनि टाढिएला तब त बाबाले कालो मेहेदी लगाएको कपाल र आमा बच्चाले चुस्न नपाएर गाँठा परेका चुस्त स्तन प्रदर्शन गर्दै हिँड्ने मौका मिल्ला । मेरो छारो लुरे भयो रोगी भयो स्मरण शक्ति कम्जोर भयो अरुका बच्चा कस्ता छन् हाम्रो किन यस्तो भयो भनेर चिन्ता गर्ने औषधी र भिटामिनका गोलीको पेला लगाउने गरिन्छ । मैले सुने बुझे जति यस्तै छ धेरैजसो आपुूलाई घरानिया र सहरिया सम्झिने आमाका कोखबाट जन्मिएका कर्महारा अभागी कुपोसन ग्रस्त बच्चाहरुको अवस्था यहाँ ।

उनले लेखेको एउटा लेख मा भन्दै थिए  मेरी एउटी बहिनी थिइन् । उनी बिहा पछि एउटा बच्चा ल्याएर माइत आइन् । उनको बच्चा अथवा मेरो भान्ज साह्रै निन्याउरो लुरे सुके रोग लागेजस्तॊ सँधै झिज्जिने रोइरहने त्यसमा पनि आमाको कुटाई । त्यो भान्जको बारेमा एक दिन मैले उनकी माइजुसँग सोधेँ । उनले भनिन्- नानी नन्दले भान्जलाई जन्मिएको तीन चार महिनामा नै दूध खान छोडाएको रे त्यसैले होकि भान्जको यस्तो अबस्था भएको । मैले फेरी सोधें किन दूध छोडाएकी रहिछन् उनले फेरी उत्तर दिइन् बच्चाले चुसेका स्तन नरम झोल्लिएका र आकर्शक नहुने हुँदा दूध सुकाउने ओखती खाएको रे । यो सुनेर म छक्क परें । बहिनीप्रति साह्रै रीस उठेर आयो । मैले बहिनीलाई तुरुन्त बोलाउन भने । मेरो सनक बुझेर जहानले मलाई समझाउने प्रयास गरिन । तर म जुरुक्क उठेर बहिनी छेउ गएँ र भनिहालें । बहिनी ! के तिमीले आमा को अर्थ बुझेकी छ्यौ बहनी आमा यस्तो शक्ति हो जो आफू मरेर सन्तानको जन्म दिन्छे ।

 आफु भोकाएको बेला पनि आफ्नो मुखको गास झिकेर शिशुलाई खुवाउँछे । मातृ ममता मातृबात्सल्यता दैविक कृपा भन्दा महान हुन्छ जो एक सच्चा आमासँग मात्र हुन्छ । आफ्नो सन्तान्को निम्ति प्रकृतिले सिर्जना गरेको आमाको दूध पिउने बाल अधिकार खोसेर स्तन प्रदर्शन गर्ने आइमाइलाई बहिनी भन्न मलाइ लाज लाग्यो । त्यसैले बहिनी ! तिमी एक पवित्र नारी हौ समयले आज आमा भएकी छौ आफ्नो धर्म कर्तब्य र दायित्व बुझ्ने कोशिस गर । आफ्नो सन्तानलाई दूध चुसाउँदा गौरबको अनुभुति गर । तिम्रो दश धारा दूधमा देशलाई चाहिएको एउटा स्वस्थ तन मन र मस्तिस्कयुक्त युवा दिन सक्ने खजाना छ । यस कारण हेर मेरी प्रिय बहिनी तिम्रा यी स्तन देखाउनका लागि होइनन् ।यो केवल आग्रह अनी अनुरोध होइन घोराही दाङका गणेश शाह को उनकी बहिनिलाई मात्र । यो त एउटा उदाहरण मात्र हो यसका पात्र हामी धेरै छौ त्यसर्थ आदर्णीय आज का बहिनी , दिदी , अनी गर्भ मा रहेकी भोलीका  सबै माता हरु लाई  मेरो पनि ।

यो लेख लाई कतिपय दिदी बहिनी वा आमा हरुले नकरात्मक र असजिलो पनि महशुश गर्नु हुन्छ होला । तर अहिले स्तन देखाउने होडबाजी नै चलेको छ । त्यसैका लागि आफ्नो कलम मार्फत अनुरोध मात्र।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  middle-east@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।