मोटर् साइकलमा चड्न मलाई डर लाग्छ,आफ्ना अतितका पन्ना हरु-दिनेश भुसाल

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– दिनेश भुसाल
अर्घाखाँची , केरुङा बर्बोट ९
हाल नयाँ दिल्ली , भारत

समयको खेललाई कसले  देख्न सक्छ र ?  सन २००१ अप्रेलमा म छुट्टी  मनाउनको लागि आफ्नो परिवार सँग दिल्ली देखी नेपाल आफ्नो घर अर्घाखाँची केरुङा गएको थिए । बाटोमा जादा खेरी धेरै रमाइलो लागेको थियो । सुनौलिको बडरमा भाई लिन आएको थियो । भाई अनी मेरो परिवार भएर हामी घर गएका थियौ । भाई ३ , ४  दिन घर बसी आफ्नो जागिरमा गयो । अनी मेरो पनि जम्मा १० दिनको छुट्टी थियो म आफ्नो छुट्टी खतम गरी मेरो परिवारलाई घरमा छोडि दिल्ली त्रफ प्रथानको लागि घर बाट हिंडे मलाई केही काम लिएर भाई सँग जानु पर्ने थियो कुरिनटारमा । म बैशाख छ गते भाई बस्ने गण (क्याम्प )मा गए अनी मलाई उहा डि एस् पि सरले धेरै राम्रो स्वागत गर्नु भयो । आफ्नो भाईलाई सशत्र पुलिश इन्स्पेक्टर् युनीफर्ममा देख्दा अती नै खुशी लाग्यो । बेलुका खाना खाइ हामी अराम गर्यौ ।

 अनी बैशाख सात गतेका बिहान भाई र  मोटर् साइकल लिएर मनकामना मन्दिर गयौ र मोटर साइकललाई पार्किङ्मा राखेर हामी दाजु भाई केबुल्कारमा  मनकामना दर्शन गर्यौ अनी फर्की मोटार साइकल लिएर भाई बस्ने गण (क्याम्प )त्रफ के मात्रै लागेका थियौ आकस्मात् हाइ दुबै भाई दुर्घटना भयौ । अनी हामी भाईलाई गणबाट डि एस् पि अनी अरु  सिपाहीले अस्पातल लिएर गई चेक् गराउदा मेरो दाहिने हात कुम देखी फुस्किएको रहेछ । अनी म चेक् अप गराइ ओफिसमा छुट्टी थप् गरी म घरत्रफ लागे।  गाउमा ४ हप्ता अराम गर्दा पनि खास फरक परेन अनी मलाई ओफिसबाट फोन गरी बोलायो । म घरबाट हात झुन्डाइ दिल्ली त्रफ प्रस्थान गरे । ओफिसमा आए । अनी मलाई फटाफट अस्पातल लिएर गै मेरो हातको अप्रेशन गर्न पर्ने भयो । ५०,००० अप्रेशनमा खर्च लाग्यो ।अहिले मेरो हात धेरै सुधार आएको छ । त्यस दिन देखी मलाई मोटार साइकल चड्न धेरै नै डर लाग्छ ।

यदी बाटोमा कसैले मोटर् साइकल दगुराएको देख्दा पनि धेरै डर लाग्छ अनी आज मलाई ओफिसले धेरै सहयोग गरेको छ सबै खर्च ओफिसले नै बेहोरेको छ । आफुले सोचे जस्तो केही पनि हुदो रहेन्छ भन्ने मलाई लाग्छ। 
 
दिनेश भुसाल
अर्घाखाँची , केरुङा बर्बोट ९
हाल नयाँ दिल्ली , भारत
९८१०६९७११३

तपाईंहरु जो सँग पनि यस्तै अतित अनी बर्तमानका कथा ब्यथा छन भने कृपया हामीलाई पठाउदै गर्नु होला ।

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  middle-east@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।