कल्पनामा रमितम्मे – ढुन्नी राज पाण्डे (बिनायक)

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

– ढुण्डि राज पाण्डे (विनायक) 

एकान्तमा बसी टोलाएको रैछु मत कल्पनामा रम्न पुगेछु
दु:ख र पिडा बिर्सीइ सबै मत फूल्मा मौरी झै घुम्न पुगेछु
कल्पना को संसारमा दौडिए मत फर्कने बाटो भुल्न पुगेछु,

मायाँ भन्ने त अजम्बरी हो रे मत यो कुरा पनि भुल्न पुगेछु
कल्पना र मायाँको सागरमा मत गुलियो भइ घुल्न पुगेछु
चारैतिर बासना छर्दै मत चमेली फूल भई डुल्न पुगेछु,

फूल फुलेको जताततै मत फूल संगै फूल बनी हाँस्न पुगेछु
मर्न लागेको बिरुवा जस्तै मत ओईलाइ ओइलाई बाँच्न पुगेछु
हिजो सम्म बन्द किताब थिए मत आज सबैको सामु खुल्न पुगेछु,
कल्पनाको संसारमा दौडिए मत फर्कने बाटो भुल्न पुगेछु,

ढुण्डि राज पाण्डे (विनायक)
बल्कोट-२ अर्घाखाँची
(हाल युएइ अबुधाबी बाट)

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  middle-east@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।