शुभकामना होली सन्दर्भ – २०६६

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

                                 प्रस्तुती -उमाकान्त पाण्डे गाउले
                        अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख पर्तिनिधी

होलीको पुर्व सन्ध्यामा हामीलाई धेरै पत्र प्राप्त भएका छन । होली बिशेष रुपमा नेपालमा मात्रै नभएर भारत तथा अन्य हिन्दू मुलुक हरुमा मनाउने गरिन्छ । हजुरहरु पनि कुनै खाश बिशेष गरी होली मनाउदै हुनुहुन्छ वा मनाउने योजनामा हुनु हुन्छ भने हाम्रो पनि शुभकामना साथमा अनुशासित र मर्यादित भएर होली मनाउदा लिएका तस्विर समेत पठाउन नभुल्नु होला ।

हिन्दू हरुको बिशेष पर्वको रुपमा मनाइने रगिंलो होली सबै सामु आएको छ । होली मा रगिने रगं जस्तै हजुरहरुको जिन्दगी पनि रगिंलो अनी उत्तिकै आत्मिय अनी शुखद रहोश भन्दै २०६६ साल को यो होली अवसरमा हामी हरु हजुरहरु सँगै रहेर फागु गाउँने छौ । फागु पुर्णिमा मा मनाइने यो होली ले हजुरहजुर सबैमा उत्तर उत्तर प्रगती को कामना गर्दछौ । यदी हजुर हरु पनि यस् अवसरमा शुभकामना दिन चाहनुहुन्छ भने हामीलाई पत्र पठाउन नभुल्नु होला । क्रमै सँग प्राप्त पत्र यसै स्तभमा प्रकाशित गरिने छ ।

देश वा बिदेश जहाँ भएपनी हामी आ-आफ्नै शैली अनी परम्परा मा रम्ने नेपाली यसपालीको होलीमा पनि रमाउ । नेपाल भन्दा बाहिर अन्य बिभिन्न देशमा रहेर कार्यरत नेपाली तथा अर्घाखाँची बाट बिदेशिएका सबै लाई सचेत भई होली मनाउन हाम्रो आग्रह पनि छ ।  होली लाई होली को रुपमै मनाउ यसलाई भोलीको पुर्वाग्रहमा राख्ने दुशम्न को रुपमा होईन । सबै देशका आ-आफ्नै कानुन र बिधान रहेका छन । नियम र बिधान भित्र रहेर खाश गरी मध्यपुर्वका खाडी अरबी मुलुकमा रहेका सम्पूर्ण नेपालीमा होली मनाउ तर सचेत भएर भन्ने सन्देश दिन चाहन्छौ ।     

ब्यत्ती बिशेषका भन्दा पर रहेर सामाजिक संघ सस्था तथा अन्य सामुहिक सभा समारोहका तस्विरहरु हामीलाई कुनै माध्यम बाट प्रेशित गर्नु होला । कृपया हामीलाई प्राप्त केही पत्र हरुमा ब्यात्ती बिशेष तथा ब्यत्ती घर – परिवारमा लिएका तस्विर रहने गरेका छन त्यी तस्विर प्रकाशन भएका छैनन र हुँदैन पनि हजुरहरुले अर्घाखाँची डट्कम् लाई देखाउनु भएको अपार माया प्रती हामी आभारी छौ । हामीले हाम्रो क्षेत्र बाट गर्न सक्ने सबै सहयोग लाई जारी राख्ने छौ ।

गाउघर मा अन्नबाली को उब्जनी धेरै होश भनेर बारी को सिरान,बिच (मध्य भाग ) मा चिर पोल्ने पनि प्रचलन रहेको छ । यस समब्न्धमा आगजनी हुने जोखिम पनि प्रचुर मात्रामा रहने गर्दछ । त्यसर्थ नेपालमा रहेका अर्घाखाँची बासी तथा यस् वेवसाइट का नियमित पाठक हरुमा त्यस तर्फ सचेत हुन र सम्वेदन शिल भएर होली मनाउन हाम्रो आग्रह रहेको छ । कुनै पनि अप्रिय घटना हामी प्रकाशन गर्न नपरोश । सुखद र रमाइलो तरिकाले होली मनाउ अर्घाखाँची (टाईम्स) डट्कम् सँगै रहेर ।  

अर्घाखाँची डट्कम् (टाईम्स) सँगै रहेर होली पर्वको अवसरमा शुभकामना सन्देश दिने हरुमा :

अर्घाखाँची सन्धिखर्क स्थाइ ठेगाना भई हाल कोरियामा कार्यरत हाम्रा अती आत्मिय अनी नजिकका मित्र कर्ण जघं रायमाझी ले एक ईमेल पत्र मार्फत होली पर्वको अवसरमा बिशेष शुभकामनाका शब्द सम्पूर्णमा अर्पण गर्नु भएको छ । उहाको सन्देशमा सर्वप्रथम अर्घाखाँची डट्कम् र यसका परिवार साथै आफ्ना सम्पूर्ण साथी भाई जो अहिले देश बिदेश मा रहनु भएको छ । साथै आफ्नो सम्पूर्ण घरपरिवार आमा-बुवा,दिदी – बहिनी मा करण कल्पित को तर्फबाट हार्दिक शुभकामना टक्राउछु भन्नु भएको छ । साथै घर परिवार सँगै जीवन साथी लक्ष्मी छोरा सम्रिट , छोरी हरु समिता । र सुचुरीमा माया स्नेह का छालहरुका साथमा शुभकामना म करण कल्पित को तर्फ बाट भन्नु भएको छ । 
karan kalpit 
sandhikharka-6 pratichha nagar
arghakhanchi
hal(south korea)

अर्घाखाँची धन्चौर घरभई हाल भारतको नयाँ दिल्लीमा कार्यरत ईन्द्रमनी भट्टराई ले एक पत्र मार्फत आफ्न आफन्त जन तथा आफुलाई यसै वेबसाइट मार्फत चिन्नुहुने सबैलाई होली पर्वको अवसरमा शुभकामना ब्यत्त गर्नु भएको छ । बिशेष गरी आफ्नी ह्रदयीकी रानी तारा भटटराई लाई सम्झनु भएको छ अर्घाखाँची अन्लाईन डट्कम् मार्फत । 

रेडियो अर्घाखाँचीमा कार्यरत पत्रकार बिनोद गैरेले पनि सम्पूर्णमा शुभकामना भन्नु भएको छ होली पर्वको बिशेष अवसर मा । रेडियो अर्घाखाँची तथा आफ्नो ब्यत्तीगत तर्फ बाट रेडियो अर्घाखाँची सुन्ने स्रोता तथा अर्घाखाँची डट्कम् का नियमित पाठक हरुप्रती उहाले शुभकामनाका शब्द अर्पण गर्न चाहनु भएको छ ।  साथै सोही संचार माध्यममा कार्यरत गणेश खनाल र गणेश चुदाली ले समेत शुभकामना दिनु भएको छ ।
दिनेश भुसाल केरुंगा बरबोट-९ अर्घाखाँची हाल नया दिल्ली देखी एक ईमेल पत्र मार्फत शुभकामना दिनु भएको छ । उहाले नयाँ दिल्ही मा रहेका सम्पूर्ण नेपाली मार्फत अर्घाखाँची डट्कम् का सबै पाठक र यस् को सम्पूर्ण परिवार मा शुभकामना का सबै शब्द अर्पण गर्नु भएको छ ।
 
अर्घाखाँची ढाड मैदान घर भई हाल भारतमा रहनु भएका हाम्रा नियमित पाठक डिल्लीराज घिमिरेको शुभकामना पत्र प्राप्त भएको छ होली को बिशेष अवसर मा ।
 अर्घाखाँची बल्कोट तथा केरुङा गाबिस मा स्थाइ घर भई हाल मध्यपुर्व को यूएई मा कार्यरत एक युवा हरुको समुहले एक ईमेल पत्र मार्फत शुभकामनाका शब्द अर्पण गर्न चाहनु भएको छ । सम्युत्त रुपमा शुभकामना पत्र पठाउनेहरुमा : बल्कोट का रेनु प्रशाद खनाल , मधु राना , ढुन्नी राज पाण्डे ,हुम बहादुर दर्जी साथै केशब खनाल, चोलानाथ खनाल, छत्र गन्जका प्रकाश पोख्रेल, गुल्मी सिमिचौर का झक बहादुर टन्डन र जिवलाल घिमिरे,प्रितम घिमिरे, वाग्ला का तिलक छेत्री सन्जु रहनु भएको छ ।
बिबिध माध्यम बाट होली पर्वको बिशेष अवसरमा पत्र पठाइ शुभकामना दिने सबै पत्र प्रेशक मा धन्यवाद दिन चाहन्छौ – अर्घाखाँची डट्कम् (टाईम्स)

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com वा middle-east@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।