बिहे गर्न नपाउँदा…

पर्वत – पर्वत जिल्लाको लेखफाँट-७ लोप्रेगाउँका २४ वर्षीय विनोद अर्मजा भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

स्थानीय एक वृद्ध र १५ वर्षीया किशोरीलाई ज्यान लिन खोज्दा स्थानीय बासिन्दाले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

 आफूले मन पराएकी किशोरीसँग विवाहको प्रस्ताव गर्दा अभिभावकले अस्वीकार गरेेपछि सबैको हत्या गरी आफूले पनि आत्महत्या गर्ने योजना बनाएकोे अर्मजाले पक्राउपछि बयानमा भनेका छन् ।

थप अनुसन्धानका लागि अर्मजालाई जिल्ला प्रहरी कार्यालय कुश्मा लगिएको प्रहरीले जनाएको छ । रासस