मृत्‍यु भएका नेपाली ब्यबसायीको यूएईमा दाहसस्कार बिभिन्न सघंसस्थाद्वारा श्रदान्जली

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

 –  उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि

यूएईमा आज भन्दा करीव १५ बर्ष अघीदेखी कार्यरत एक समाजसेवी तथा ब्यबसायीको उपचारको क्रममा निधन भएको छ । जन्मे पछी मृत्‍यु जन्म सिद्द भएपनी बिदेशमा निधन हुनु अत्यन्त दु:खद प्रसँग हो । हामीलाई मध्यपुर्वका खाडी क्षेत्र बाट अत्यधिक पत्र,समाचार आउने गर्दछन त्यस मध्ये सबै भन्दा धेरै दु:खद (मृत्‍यु भएका,हत्या गरिएका,दुर्घटनामा परेका,अलपत्र परेका)खबर प्राप्त हुने गरेका छन । यसै क्रममा यूएईमा गत सोमबार एक नेपाली ब्यबासायीको दु:खद निधन भएको छ । यूएईमा रोजगारीको लागि आएपनी पछी दुबइ को सतुवामा साङघाइ नेपाली रेस्टुरेन्ट सन्चालन गरेका वरीस्ठ समाज सेवी भाईराजा श्रेष्ठको दुबइ को अल रशिद अस्पातलमा उपचारको क्रममा निधन हुन पुग्यो ।

उनको निधन पछी आफ्नो सहयात्री शुभेच्छुक हरु शोकमा डुबेका छन। आफु भन्दा धरै पछी यूएई आएको भएपनी पन्ध्र बर्षको यो अन्तरालमा समाजिक कार्य,ब्यबसाय मा राम्रो फड्को मार्न सफल भाईराजा श्रेष्ठ को निधन पछी यही मार्च २ तारिख दुबइ र आबुधाबीको बोडरमा रहेको एक घाटमा अन्तिम दाहसस्कार सम्म पुगेका नेपाली समाजका सस्थापक तथा नेपाली समाचार केन्द्र यूएईका अधक्ष्य शारदा भट्टराइ राजु ले भक्कानिदै आफ्नो यात्रा सस्मरण बताए । दाहसस्कार मा सँगै रहेका अर्का समाजसेवी कृष्ण ढकालको स्वर पनि बरालिदै थियो । मृत्‍यु भएको घटनाको जानकारी सोही दिन पाएपनी स्पस्ट विवरणको प्रतिक्षामा रहेका अर्घाखाँची डट्कम् का मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले ले फोन संपर्क गर्दा यि दुबै पात्र दाहसस्कारका लागि यूएईमै रहेको एक घाट मा रहेको जानकारी आयो ।

 तस्विर सौजन्य :अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि /नेपाली समाचार पाक्षिक पत्रीका बिशेष सम्वादाता यूएई – उमाकान्त पाण्डे गाउले 

सो अन्तिम दाहसस्कारका लागि घाट सम्म पुग्ने मेरो चाहना पुरा हुन सकेन साथै स्थान बिशेषको जानकारीका लागि तत्काल कोशीश गर्दा  पनि आफ्नो सहयात्री साथी गुमाउन पुग्दा भक्कानी रहेका माथि उल्लेखित पात्र हरु बोल्न समेत नसकेका कारण असम्भब भयो । ।  करीव मध्यरात तिर संपर्क गर्दा नेपाली समाचार केन्द्र का अधक्ष्य शारदा भट्टराइ राजु ले सबै विवरण दिनु भयो र आफ्नो समवेदना ब्यत्त गर्नु भयो ।       

संयुक्त अरब एमिरेट्स दुबइ सतुवामा बिगत दुई दसक देखी  होटल ब्यबासयी गर्दै आएका काठमाडौं सानेपा स्थाई घर भएका  भाईराजा श्रेष्ठको फाल्गुन १७ गते अर्थात मार्च १ तारिखका दिन दुबइस्थित एक रशिद आस्पातलमा ५६ बर्षको उमेरमा नै निधन भएको छ । उहा बिगत दुई महिना देखी बिरामी हुनुहुन्थ्यो । संघइ किचन रेस्टुरेन्ट दुबइका संचालक उनी युएईको दुबइमा होटल ब्याबसयी गर्ने प्रथम नेपालीका साथै युएइको जेठो तथा माउ सस्था नेपाली समाज युएइका सस्थापक सदस्य पनि थिए ।

समाजसेवी श्रेष्ठको हिजो मगंलबार  हिन्दू परम्परा अनुसार यूएईको जेबलअली स्थित आधुनिक आर्याघाटमा दाहसस्कार गरिएको छ । उक्त अन्तिम बिदाइमा युएइमा रहेका समाजसेवी,महिला,तथा नातेदारहरुको उपस्थिती रहेको थियो। उहाको पार्थिव शरीरलाई उहाकै धर्मपत्नी माधुरीलता श्रेष्ठले दाग बत्ती दिएकी थिईन । छोरा पुनित श्रेष्ठ आस्ट्रिलियामा अध्यन् गर्दै छन भने छोरी पूजा र श्रीमती माधुरीलता दुबइमा सँगै बस्दै आएको अन्तिम दाहसस्कारमा सरिक हुनु भएका समाजसेवी शारदा प्रशाद भट्टराई राजुले जानकारी दिनु भयो ।

साथै यूएईमा रहेका हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि लाई यूएईमा रहेका बिभिन्न नेपाली सघं सस्था द्वारा जारी गरिएका प्रेस बिज्ञप्ती प्राप्त भएका छन ।

यूएईमा रही पाक्षिक रुपमा नेपाली पत्रीका प्रकाशन गर्ने सस्था नेपाली समाचार केन्द्र का अधक्ष्य शारदा प्रसाद भट्टराई राजु तथा सचिव उमाकान्त पाण्डे गाउले ले एक प्रेस बिज्ञप्ती जारी गर्दै निधन प्रती दु:ख र शोक शन्तप्त परिवार प्रती भगवानले शान्त्वना दिउन र परिवारको सदैब रक्षा गरुन भन्ने कामना भगवान सँग गर्नु भएको छ ।

यसै गरी नेपाली एकता समाज यूएईका अध्यक्ष मानबहादुर थापा ले समेत एक प्रेस बिज्ञप्ती मार्फत मृतको परिवार प्रती समबेदना तथा चिरशान्ती को कामना गर्नु भएको छ ।

साथै हाम्रा प्रतिनिधि लाई प्राप्त भएको अर्को एक प्रेस बिज्ञप्तीमा यूएईमा रहेका बिभिन्न संघ सस्था हरुको छाता(माउ)संगठन नेपाली समाज यूएईका महासचिव नारायण अधिकारी द्वारा हस्ताक्षर गरी जारी गरिएको प्रेस बिज्ञप्ती मा समेत निधन हुन पुगेका यूएईमा रही ब्यवसाय तथा समाजसेवामा महत्व पूर्ण योगदान दिने ब्यत्ती भाईराजा श्रेष्ठ को निधन प्रती श्रदान्जली ब्यत्त गर्नुका साथै यस दुखद घडीमा उहाँको सोक सन्तप्त परिवारप्रति असीम पीडा सहन सक्ने क्षमता प्राप्तिको कामना गर्दै स्वर्गीय आत्माको चीर शान्तिका लागि हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं भनिएको छ ।  

माउ संस्था नेपाली समाज यूएईले जारी गरेको प्रेस बिज्ञप्ती जस्ताको त्यस्तै । 
 

 

मितिः१८।११।२०६६
हार्दिक श्रद्धान्जली

नेपाली समाज युएईको स्थापनाकालभन्दा अघिदेखि नै युएईमा विपत्तीमा परेका नेपालीहरुलाई सकृय योगदान पुर्याउन सफल समाजका संस्थापक सदस्य एवं कुशल होटेल व्यवसायी भाईराजा श्रेष्ठज्यूको विगत केही समयदेखि अशक्तरुपमा अस्वस्थ्य रही यही मार्च १ तारिख सोमबारका दिन रसिद अस्पतालमा असामयिक निधन भएको खबरले युएई वासी नेपालीहरुलाई मर्माहत दुःख महसुस भएको छ । यस दुखद घडीमा उहाँको सोक सन्तप्त परिवारप्रति असीम पीडा सहन सक्ने क्षमता प्राप्तिको कामना गर्दै स्वर्गीय आत्माको चीर शान्तिका लागि हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं ।

यम प्रसाद तमु,केन्द्रीय अध्यक्ष नेपाली समाज युएई, 
राजेन्द्र प्रसाद देवकोटा,परिषद सभापति नेपाली समाज युएई,
एवं
नेपाली समाज युएई परिवार ।

नारायण अधिकारी
महासचिव
नेपाली समाज युएई

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।