पाकिस्तानमा फेरि भएको बम बिप्फोटमा परी बाह्र जनाको मृत्यु

पाकिस्तानी प्रहरीका अनुसार, पाकिस्तानको उत्तर पश्चिमी हान्कु क्षेत्रमा आज धेरै यात्रु वाहक बसमाथि आत्मघाटी विस्फोट भएका छन्। त्यसबाट कम्तिमा बाह्र जनाको मृत्यु हुनुका साथै तीस जनाभन्दा बढी घाइते भएका छन्।

हालसम्म कुनै पनि संगठन वा व्यक्तिले उक्त विस्फोटको जिम्मा लिएका छैनन् ।