दुई सय माओवादी कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौ – माओवादीका करिव दुई सय कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

एमाले पार्टी कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले उनीहरुलाई टीका लगाई  पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गर्नेहरु रुकुम, प्युठान, रोल्पा, म्याग्दी, नुवाकोट, काभ्रे र काठमाडौं जिल्लाका माओवादी कार्यकर्ता रहेको बताइएको छ ।

कार्यक्रममा खनालले हिंसाको बाटो त्याग्ोर एमाले पार्टीमा प्रवेश गरेकोमा प्रशंसा गर्दै नेपालमा सबै वामपन्थी एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एमालेको काँधमा शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याएर समयमै संविधान निर्माण गर्नुपर्ने गम्भीर दायित्व रहेको उल्लेख गर्दै खनालले राजनीतिक दलबीच सहमति निर्माण गरेर अगाडि बढनुको विकल्प नभएको धारणा राखे । रासस