भारतका दुईवटा गाडी आपसमा ठोक्किदा कम्तिमा दशजनाको मृत्यु

दुईवटा सार्वजनिक बस हिजो राति भारतको उत्तर-पश्चिमी भागको पन्जाब प्रान्तमा आपसमा ठोक्किदा हालसम्म कम्तिमा दशजनाको ज्यान जानुका साथै अन्य तीसजना घाइते भएका छन्।

         हाल स्थानीय प्रहरीले उक्त दुर्घटनाको वास्तविक कारणवारे छानबीन गरिरहेको छ।