अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता पाकिस्तानमा पक्राउ

पाकिस्तानका पदाधिकारीले हिजो बोल्दै पाकिस्तानी सुरक्षा फौजले अमेरिकी नागरिक्ता लिएको अलकायदा संगठनका प्रवक्ता आदाम याहिय गादाहनलाई पक्राउ गरिएको बताउनुभयो।

          आफ्नो नाम नदिने पाकिस्तानी सुरक्षा फौजका दुई जना व्यक्तिका अनुसार पाकिस्तानी सुरक्षा फौजले हालै दक्षिण भागमा रहेको महत्वपूर्ण सैनिक ठाउँ काराचिमा उनलाई पक्राउ गरेको जनाएका छन्। तर पाकिस्तानका गृह मन्त्री रहमान माल्लिकले पक्राउबारे अहिलेसम्म आफूलाई थाहा नभएको बताउनुभयो। अमेरिकाका अदाधिकारीले सो समाचारको पुष्टी गर्न सकेका छैनन् भन्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।