दमाईले छाडेपछि बाहुन क्षेत्री बाजा बजाउदै

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

 सुन्दा अचम्म लाग्न सक्छ दमाईले बजाउने दमाह बाहुन र क्षेत्रीले समुह बनाएर बजाउन थाले भन्दा, तर यहाँ यस्तै भएको छ ।यहाँका दमाईले परम्परागत दमाह बाजा बजाउन छाडेपछि बाहुन र क्षेत्री युवाहरू मिलेर क्लब गठन गरी सोही क्लबको नामबाट सांस्कृतिकरुपमा लोप हुन लागेको बाजा दमाह बजाउन थालेका छन् ।सधै मर्दापर्दा चाहिने दमाह बाजा बजाउनका लागि अचेल रुकुमको साखका बासिन्दाहरुलाई दमाई कहा जान पर्दैन । उनीहरू सरासर काम्ले सांस्कृतिक परिवारको कार्यालयमा गए पुग्छ ।

यस्तै भइरहेको छ रुकुमको सदरमुकामसग जोडिएको साख गाविसमा यसवर्षको दशैदेखि । परम्पराअनुसार वेद पढ्ने, पूजापाठ गर्ने ब्राहमणलाई उनीहरुले सो कार्यको नेतृत्वकर्ता बनाएका छन् ।

 

दमाह बजाउने कार्यको थालनी सबैभन्दा पहिले क्लबका अध्यक्ष बस्ान्तकुमार गौतमले गरेका हुन् । दमाईले बालिघरे प्रथा भन्दै आफˆनो पुख्र्यौली पेशा छोडेपछी चाडवाड, विवाह, ब्रतबन्ध लगायत मरेको ठाउमा समेत बाजा बजाउनेहरुको अभाव भएकोले यसो गर्नुपरेको काम्ले युबा क्लबका अध्यक्ष बसन्तकुमार गौतम बताउछन् ।गौतमले समाज परिवर्तन र पुरानो संस्कृतिलाई जोगाइराख्न आफूहरुले सो कदम उठाएको बताए । सो काम्ले क्लबको कार्यालयमा दमाइले बजाउन छाडेका पुराना पाँचवटा दमाह, सनई, झयाली, बासुरी लगायतका बाजा संरक्षित छन ।

साखको काम्ले गाँउका युवाहरुको प्रयासबाट गठन गरिएको काम्ले युबा क्लब अहिले जिल्लामा सबैभन्दा नौलो काम गर्ने क्लबको रुपमा रहेको स्थानीय वासिन्दाको भनाइ छ ।आजकाल मान्छे मरेको ठाँउमा बाजा बजाउने पहिले दमाई जाने गरेकोमा अहिले बाहुन र क्षेत्रीले सो काम गरेको देख्दा अचेल स्थानीयवासी अच्म्ममा परेका छन् ।

स्थानीय धुब्रकुमार भण्डारीले भने, हामीलाई आजकाल खासै अप्ठेरो छैन, दुईवटै काम एकजनाले गर्दा पैसा जोगिएको छ ।’ उनले थपे, यस्ले गर्दा कसैलाई दलित र कसैलाई बाहुन भनेर गरिदै आएको भेदभावको पनि अन्त्य भएको छ ।’यस गाँउमा पुरुष नभएको बेला महिलाहरुले पनि दमाह बजाउने गरेका छन् । यसबाट जातीय मात्रै होइन लिङ्गिय विभेद पनि हटेको स्थानीय सुनिता चन्दले बताइन ।

अब कुरा रहृयो भेटी दक्षिणाको । यसबाट पनि स्थानीयवासी मुक्त भएका छन्, किनकि सो क्लबलाई बाहुन र दमाइ दुबैको भेटी एकैपटक आफुखुसी दिए पुग्छ ।यसरी युवाहरुको सानो प्रयासबाट सामाजिक विभेद र जातीय प्रथाको उन्मुलनमा सहयोग पुगेकोमा सर्वसाधारण खुसी देखिन्छन् ।

क्लबले प्राप्त भेटी दक्षिणाबाट जम्मा भएको रकमबाट अझै लोप हुन लागेको सांस्कृतिक सामग्री जुटाउने र क्लबलाई सबैको साझा फूलवारी बनाउने लक्ष्य रहेको क्लबका युवा पूर्णचन्द्र केसीको भनाइ छ ।

images

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

images

 

 

images