
– नरेश थापा, न्यूयोर्क, अमेरिका
आयो आयो भन्दा भन्दै गाईसकेछ बर्ष ।
सनालाई ठुलो पारी ठुलोलाई बुढो पारी गईसकेछ बर्ष ।।

हिजो जस्तो लग्थियो मलाई बसन्त आएको
हेर्दा हेदै पालुवा फेर्दै नयाँ आईसकेछ बर्ष ।।
धेरै यहाँ हराएकाछन, धेरै कराएकाछन
बिछोड पनलाई मिलन गराउन छाइसकेकोछ बर्ष ।।

धेरैले खुशी बड्दा हुन रङ्गि चङ्गी शुभकामना कार्डका साथ
आफ्नोपनको तिर्सना मेटाउन आईसकेछ बर्ष ।।
लामो आयु दिर्घायुको कामना छ, तपाईं अनी तपाईंको परिवारलाई
खुशी अनी उमङ्ग ल्याउदै आईसकेछ नब बर्ष ।।





