भिरबाट लडेर २ किशोरीको मृत्यू / आगलागी नियन्त्रण बाहिर – (गणेश चुदालीको रिपोर्ट)

-गणेश चुदाली
सम्पादन सहयोगी, अर्घाखाची डट्कम
 

 

भिरबाट लडेर हिजो र आज २ किशोरीको मृत्यू

गुल्मी ९ बैशाख । गुल्मीको अर्जे गाविसमा भिरबाट लडेर एक किशोरीको मृत्यू भएको छ । अर्जे गाविस ८ पौवा निवासी ठाकुर विष्टकी छोरी १४ वर्षिया शुशिला विष्टको भिरबाट लडेर मृत्यू भएको हो । विष्टको शव अहिले जिल्ला अस्पताल गुल्मीमा राखिएको आफन्तजनलले बताएका छन् । हिँजोमात्रै ८ बैशाख गुल्मीको अर्खलेमा भिरबाट लडेर १५ बर्षिय तुल्सी गायकको अर्खले ६ डाँडाखर्क को भिरबाट लडेर मृत्यू भएको हो । भारतको दिल्लीमा काम गरेर घर फर्कँदै गरेका गायकको भिरमा हिँडीरहेको बेला आज विहान एक्कासी चिप्लोमा चिप्लीएर लडेपछि भिरबाट तल खसेर मृत्यू भएको उनका काकाले बताउनुभयो । भिरबाट करीव ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यू भएको जिल्लाप्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

भनभनेमा आगलागी नियन्त्रण बाहिर

गुल्मीको भनभने गाविसको जंगलमा लागेको आगोे नियन्त्रण गर्न नसकेर स्थानिय बासीन्दा अताल्लिएका छन् । भनभने गाविसकेा वार्ड नं १ देखि ४ सम्मको जंगलमा हिँजो दिउँसोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआई गाउँतिर पस्न लागेपछि स्थानिय नागरिक अताल्लिएका छन् । आगोलागीबाट वार्ड नं ४ को भिरकटेरी, छहरा गाउँ जोखिममा परेपछि नियन्त्रणका लागी पहल गरीदन स्थानिय बासीन्दाले अनुरोध गरेकाछन् । आगलागीबाट त्यसक्षेत्रको तीनसय मिटर खानेपानीको पाईप जलेका कारण खानेपानीको समस्या उत्पन्नभएको स्थानिय भिमकान्तपन्थीलिे बताउनुभयो । कआगलागीबाट १० घर अन्त्यन्तै जोखिममा परेको र आगो नियन्त्रणका लागी पहल गरेको भएपनि असफल भएको गाविस हरी प्रसाद पन्थीले बताउनुभयो । यसैवीच अर्घखाचि जिल्लाको पोखराथोक गाविस ४ पिपलडाँडाँमा हिँजोदेखि लागेको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । जंगलमा फैलीको आगो पिपलडाँडा गाउँमा पस्न लागेपछि स्थानिय बासीन्दा अताल्लिएको पणेनाबाट स्थानिय विकाश भट्टर्राईले जनाउनुभएको छ ।