काठमाडौ – प्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा संविधान जारी हुन नसक्दा उत्पन्न हुने सम्भावित संबैधानिक संकटका बारेमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन् ।
बिहीबार उनले नेपाल बार एशोसिएसनका पदाधिकारी तथा अन्य कानुन व्यवसायीहरुसंग जेठ १४ मा संविधान जारी नहुँदाको अवस्थामा सृजना हुन सक्ने संबैधानिक संकटका बारेमा परामर्श गरेका थिए ।
तर, कानुन व्यवसायीहरुले भने परस्पर बाझिने राय राखेका छन् । परामर्शका क्रममा बारका पूर्व अध्यक्ष शम्भू थापा, सिन्धुनाथ प्याकुरेललगायतले नयाँ निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए ।
तर, बरिष्ठ अधिबक्ता बसन्तराम भण्डारीलगायतले जेठ १४ पछिको सन्दर्भ संबैधानिक भन्दा पनि राजनीतिक भएकाले सहमतिको आधारमा अघि बढ्न सकिने उल्लेख गरेका थिए ।
छलफलमा बारका अध्यक्ष प्रेमबहादुर खड्का, बरिष्ठ अधिबक्ता हरिहर दाहाल, राधेश्याम अधिकारी, टिकाराम भट्टराई, हरि फूयाँललागयतका सहभागी थिए ।



