माओवादीले सैन्य तालिम नरोके एमाले युवा सङ्घले पनि तालिम सुरु गर्ने घोषणा

भक्तपुर – एमाले युवा सङ्घका अध्यक्ष महेश बस्नेतले माओवादीले सैन्य तालिम तत्काल बन्द नगरे आफूहरुले पनि सैन्य तालिम सुरु गर्ने घोषणा गरेका छन्। उनले माओवादीले बृहत् शान्ति सम्झौताविपरित कार्य गरेर देशमा सुरक्षा खल्बल्याउने कार्य गरेमा युवा सङ्घ चूप लागेर नबस्ने चेतावनी पनि दिए।

प्रेस चौतारी भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा उनले माओवादीले दिन/प्रतिदिन आफ्ना कार्यकर्तामाथि प्राणघातक आक्रमण गरेको भन्दै त्यसो नगर्न पनि चेतावनी दिए। अध्यक्ष बस्नेतले माओवादीका यस्ता क्रियाकलाप अब सहेर नबस्ने पनि बताए ।

उनको भनाइ थियो- माओवादी खुकुरी लिएर आएमा हामी पनि खाली हात बस्दैनौं।
– रोशन शिल्पकार