सरकारद्वारा आन्दोलनरत् माओवादी विद्यार्थीसँग वार्ताका लागि समिति गठन

काठमाडौं – सरकारले आन्दोलनरत् माओवादी विद्यार्थीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माको संयोजकत्वमा समिति गठन गरेको छ। मन्त्रालयले यही कारण तत्काल आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन पनि उनीहरुलाई भनेको छ।

  उक्त वार्ता संयोजन समितिमा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बलराम केसी र शिक्षा विभागका उपनिर्देशक जीवन शर्मा पौडेल छन्। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अखिल क्रान्तिकारी, प्याब्सन, अभिभावक सङ्घ सबैलाई यस कार्यमा सघाउन पनि आग्रह गरिएको छ।

संस्थागत विद्यालयहरुले शुल्क वृद्धि गरेकामा विरोध गर्दै विद्यालय बन्द गरेको अवस्थामा मन्त्रालयबाट विद्यार्थीको पढ्न पाउने अधिकारमा बाधा परेको महसुस गरी वार्ताद्वारा समस्या समाधान गर्न यस्तो आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ।

माओवादी विद्यार्थीले शुल्क वृद्धि गरेको निहुँमा विद्यालयहरु बन्द गर्नाले आइतबारदेखि मुलुकभरका करिब ८ हजार विद्यार्थी खुलेका छैनन्। कतिपय स्थानमा आफ्नो भनाइ नमानेको भन्दै उनीहरुले तोडफोडसमेत गरेका छन्। यसबाट करिब १५ ला विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन्।

अन्य दलले भने माओवादीले शुल्क वृद्धिको नाममा उसले वैशाख १८ गतेदेखि गर्न लागेको आन्दोलनका लागि राजधानी ल्याइएका कार्यकर्ता राख्न विद्यालय खाली गराउने रणनीतिअन्तर्गत विद्यालय बन्द गराएको बताएका छन्।

बन्द भनिएका प्राय: सबै विद्यालयमा अहिले विभिन्न जिल्लाबाट आन्दोलन गर्न राजधानी ल्याइएका कार्यकर्ता बसेका छन्।