माओवादीको आम हडतालबारे छलफल गर्न सत्तारुढ दलको बैठक

काठमाडौ – माओवादीले घोषणा गरेको अनिश्चितकालीन आम हडताल तथा राजधानी केन्दि्रत आन्दोलनबारे सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाइएको छ ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार माग गर्दै माओवादीले आन्दोलन थालेपछि त्यसबारे छलफल गर्न सत्तारुढ दलको बैठक बोलाउने निर्णय गरेको हो ।

एमाले मुख्यालय बल्खुमा बसेको दुई पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले माओवादीलाई सडकबाट नभइ बैधानिक प्रकृयाबाट सरकारको विकल्प खोज्न आग्रह गरिएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकरी दिए ।

बैठकमा  दुई पार्टीका विद्यार्थी संगठनहरुबीच राजधानीका क्याम्पसहरुमा बढेको तनावबारे पनि छलफल भएको थियो । बैठकले आ-आफ्ना विद्यार्थी संगठनलाई संयमित पार्ने निर्णय समेत गरेको छ ।