माओवादीले आन्दोलन फिर्ता लिए सहमति हुन सक्ने कङ्ग्रेस देउवाको भनाइ

काठमाडौं –  कङ्ग्रेस नेता शेरबहादुर देउवाले माओवादीले आन्दोलन फिर्ता लिएपछिमात्र सहमतिका कुरा गर्न सकिने बताएका छन्। उनले जबर्जस्ती माधवकुमार नेपालले राजिनामा नदिने पनि बताए। र, भने- माधव नेपाल सहमतिका बाधक हैनन्।

सञ्चारकर्मीसँग आफ्नै निवासमा कुरा गर्दै उनले भने- माओवादी भिडन्तको स्थितिमा नआउला भन्ने मलाइ लाग्छ। अन्तर्राष्ट्रिय समुदाय नेपालको अवस्था देखेर चिन्तित रहेको भन्दै उनले थपे- प्रधान मन्त्री सहमति भए राजिनामा दिन्छु भनेकै छन्, त्यसैले हामीले पहिला सहमति खोज्न सक्नुपर्छ।

सत्ता चलाइसकेको र ठूलो दल पनि भएकाले माओवादीले जिम्मेवार भएर आन्दोलन फिर्ता लिइ सहमतिमा आउनुपर्ने उनको भनाइ छ। सहमतिको विकल्प नै नभएको भनाइ पनि उनको रह्यो।