काठमाडौ, वैशाख २० – एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी उपाध्यक्ष बाबुराम भट्टराईबीच खनाल निवास डल्लुमा वर्तमान गतिरोध अन्त्यका लागि छलफल भएको छ ।
आइतबार साँझ तीन दलका शीर्ष नेताबीच भएको बैठकले दुई पक्षीय छलफल गर्ने र त्यसपछि फेरि बस्ने सहमति भएको थियो । कांग्रेस-एमाले र कांग्रेस-माओवादीबीच पनि छलफल हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माओवादीले अडान राख्दै आएको छ । कांग्रेस र एमालेले भने पहिला प्याकेजमा सहमति त्यसपछि मात्र राजीनामा आउने कुरा राख्दै आएको छ ।



