प्रधानमन्त्री नेपाल नेपालस्थित कुटनीतिज्ञहरुसँग छलफल गर्दै

काठमाडौ – प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्दैछन् । छलफलका लागि प्रधानमन्त्री कार्यालयले झण्डै दुई दर्जन कुटनीतिक नियोयका प्रमुखहरुलाई अपरान्ह तीन बजे वालुवाटारमा बोलाएको छ ।

राजनीति गतिरोध गहिरिदै जाँदा सरकारको धारणा तथा प्रयासबारे प्रधानमन्त्रीले विदेशी कुटनीतिज्ञहरुलाई जानकारी गराउन लागेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

कुटनीतिज्ञहरुले पछिल्लो पटक शान्ति प्रकृया खतरामा पर्न सक्ने भन्दै दलहरुबीचको सहमतिमा जोड दिदै आएका छन् ।