काठमाडौँ, वैशाख २२ – राजनीतिक निकासका लागि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाली काँग्रेसका नेताद्वय शेखर कोइराला र कृष्ण सिटौलाले भेट गरेका छन्। दाहाल निवास नयाँबजारमा भएको भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता कोइरालाले बताए।
अध्यक्ष दाहालको आग्रहअनुसार नेताद्वय कोइराला र सिटौलाले भेट गरेका हुन्। भेटका अवसरमा नेताद्वयले माओवादी अध्यक्ष दाहाललाई आमहडताल फिर्ता लिई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका थिए। अध्यक्ष दाहालले भने आमहडताल फिर्ता लिने मानसिकता नरहेको बताए। – रासस



