माओवादीले बुटवल नगरपालिका कब्जाको घोषणा, झडप

बुटवलमा नगरपालिकामा माओवादीले गाडेको झण्डा प्रहरीले निकाल्न खोज्दा झडप भएको छ । झडपमा पाँच जना घाइते भएका छन् ।  झण्डा गाडेर कार्यक्रम गरिरहेका बेला करिव डेढ घण्टादेखि प्रहरीले प्रमुख जिल्ला अधिकारीको आदेशमा भनेर बल प्रयो गरेपछि झडप भएको हो । झडप जारी छ ।

आन्दोलनरत माओवादीले बुधबार बुटवल नगरपालिका कब्जाको घोषणा गर्दै अव आफूहरुले अह्राएको काम मात्र गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

माओवादीले नगरपालिका कार्यालयमा पार्टीको झण्डासमेत गाडेका छन् । नगरपालिका कार्यालय कब्जाको घोषणा गरेर निस्किएका माओवादीले ट्राफिक चौकमा कोणसभा गरे ।