भूटानी शरणार्थीको वेलडागी शिविरमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

झापा – भूटानी शरणार्थीको वेलडागी-१ स्थित सेक्टर- १ शिविरमा आगलागी हुँदा शुक्रबार ३५ घर जलेर नष्ट भएको छ । त्यसैगरी आगो नियन्त्रण गर्ने क्रममा थप ३५ घर भत्काइएको छ ।

साँझ साँढे ६ बजे सुरु भएको आगलागी नियन्त्रणका लागि दमक नगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल, शरणार्थी र स्थानीयबासी मिलेर  आगोलाई नियन्त्रणमा लिने कोशिस गरिरहेका छन् ।